जिल्ला कृषि सहकारी संघको चौथो बार्षिक साधारणसभा तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको चौथो बार्षिक साधारणसभा तथा वित्तीय साक्षरता कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । जिल्लाका कृषि सहकारीलाई कसरी प्रभावकारी रुपमा अगाडी बढाउने भन्ने विषयमा प्रशिक्षण भएको संघका जिल्ला सचिव रामशरण गीरीले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सहकारी संघको साधारणसभाको शुभकामना व्यक्त गर्दै संघमा आबद्ध सहकारीको क्षमता अभिबृद्दि गने हैसियत राख्ने गरि काम गर्न आग्रह गर्नुभयो । तामाङले छाता संगठन सुदृढ रुपमा सञ्चालन गर्न आवद्ध सहकारीको महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । उहाँले कृषकको आयआर्जनमा टेवा पुर्याउन सहकारीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका विशेष अतिथि साना किसान विकास लघुवित्त वित्तिय संस्था काठमाडौंका शाखा प्रमुख कृष्णकुमारी शर्माले जिल्लाका कृषि सहकारीको उत्थान र विकासलाई सहयोग पुर्याउन वित्तीय सहयोग गर्न तयार रहेको बताउनुभयो ।

साधारणसभामा जिल्ला भरका ५० जना संस्थाका प्रतिनिधि सहभागी रहेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष मित्रलाल चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको थियो । उहाँले सहकारी संघले गरिरहेको कार्यको बारेमा जानकारी गराउदै १२ वटै स्थानिय तहमा बिभिन्न संघ संस्था, पालिकासंग सहकार्य गरेर संचालनमा रहेका सम्पुर्ण कृषि सहकारी संस्थालाई सल्लाह , सुझाव, परामर्श , तालिम, नियमन र अनुगमन मुल्यांकनमा आवश्यक सहयोग गर्ने संघको निति रहेको बताउनुभयो ।

Leave a Reply