रेडियो मिसन ।
सब डिभिवज बन कार्यलय मेलम्चीले बिभिन्न जातका बिरुवाहरु बितरण गरेको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मनसुन सुरु भए पछि बिरुवा बितरण सुरु गरेको कार्यलय प्रमुख बच्चुराम पुडासैनीले जानकारी दिनुभयो । आफ्नै नर्सरीमा उत्पादन गरेका करिव ५९ जातका बिरुवाहरु मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिका लगायत काभ्रे र काठमाडौंका विभिन्न स्थनका किसानहरुले लैजाने गरेको प्रमुख पुडासैनीले जानकारी दिनुभयो ।

हालसम्म कार्यलयबाट करीव १० हजार बिरुवाहरु बितरण गरिएको र अझै २० हजार भन्दा बढी नर्सरीमै रहेको कार्यलयले जनाएको छ । नर्सरीबाट सजावटका लागि रोपिने मयुरपंखी धुपी धेरै माग हुने गरेको छ । त्यस बाहेक तेजपात, कपुर, चिउरी, अम्बा, अमला, बेल, खयर, रुख कटहर, चाँप र किङ्पाम लगाएतका बिरुवाहरु बितरण भइरहेको कार्यलयका कर्मचारी हरि प्रसाद गौतमले बताउनुभयो ।

बिगत देखि नै सञ्चालनमा रहेको नर्सरीबाट १८ महिना देखि २ वर्ष सम्मका बिरुवाहरु बितरण गर्नेगरेको नर्सरी हेरचहागनर्दै आउनुभएका कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो ।

यसरी बितरण भएका बिरुवाहरु अधिकांशले हुर्काउन सफल भएको र केहिले भने बिरुवा मरेको तथा रोग किरा लागेको भन्दै कार्यलयमा गुनासो आउने गरेको कार्यलय प्रमुख पुडासैनीको भनाई छ । तरिका पुर्याएर मल जल मिलाएर रोप्न र डढेलो तथा बन्यजन्तुहरुबाट जोगाउन सुझाव दिनुभयो ।

पतझर बिरुवाहरु बिशेष गरि माघ अन्तिम हप्ता रोप्न उपयुक्त हुने भए पनि सबै प्रकारका बिरुवाहरु मनसुन सुरु भएपछि नै बितरण हुनेगरेको कार्यलका कर्मचारी रबिन बोम्जनले जानकारी दिनुभयो ।

