सिन्धुपाल्चोकको मानेखर्कमामा सबैभन्दा बढी वर्षा, मेलम्ची, इन्द्रावतीलगायतका नदीमा बाढीको जोखिम

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
बितेको १२ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा एक सय ४१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ । यस्तै सिन्धुपाल्चोककै गुम्थाङ, ढुङ्गे लगायतका ठाउँमा पनि अति ठूलो पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विभिन्न नदीमा पानीको बहाव बढेको भन्दै सावधानी अपनाउन भनेको छ । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदी तथा यी नदीका सहायक नदीमा बाढीको उच्च जोखिम छ ।
यसैबीच आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहेर लुम्बिनी प्रदेशको एक दुई ठाउँ तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखी मध्ययम वर्षाको सम्भावना छ । यस्तै भरे राती कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुइ ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।।

Leave a Reply