नवलपुर माविमा खेलकुद सप्ताह सम्पन्न : राजदुत श्रेष्ठ सम्मानित

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री नवलपुर माद्यामिक विद्यालयको आयोजना मा रहेको खेलकुद सप्ताह सम्पन्न भएको छ। गत हप्ताको पौष २२ गते शुक्रवार बाट सुरु भएको खेलकुद सप्ताह कार्यक्रममा विद्यालयकै विद्यार्थी हरुको सहभागीता थियो। विभिन्न विधामा प्रथम ,दोस्रो र तेस्रो हासिल गर्न सफल प्रतियोगी हरुलाई पुरस्कर वितरण गर्दै सम्मान गरेको छ।

कक्षा १-५ सम्म का विभिन्न विधामा प्रथम हुने २० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र ६-१० सम्मका विभिन्न विधामा प्रथम हुने ९९ जना विद्यार्थी लाई मेडल सहित सम्मान गरेको हो। विद्यार्थी हरुलाई शिक्षा मा मात्रै नभई खेलकुद क्षेत्रमा पनि तन्दुरुस्त पार्न र अब हुँदै गरेको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागीता जनाई विद्यार्थी लाई खेलकुदमा पनि अब्बल बनाउन खेलकुद सप्ताह को आयोजना गरिएको विद्यालयका प्रधानध्यापक सुरेन्द्रमान श्रेष्ठले बताउनुभयो ।

सोही अवसरमा दक्षिण अफ्रिका लागि राजदुतमा नियुक्त भएका प्राध्यापक डाक्टर कपिलमान श्रेष्ठ लाई पनि विद्यालय ले सम्मान गरेको छ। विद्यालयको सम्मान समारोह लाई सम्बोधन गर्दै महामहिम राजदुत श्रेष्ठले आफ्नो पुर्ख्यौली गाउँ मा सम्मानित हुना पाउदा आफुलाई अत्यन्तै गौरवान्वित महसुस भएको बताउनुभयो । विद्यालयको गरेको सम्मान ले आफुलाई थप उर्जा पनि मिलेको बताउदै दक्षिण अफ्रिका मा २३ वटा राष्ट्र भएको र सिन्धुपाल्चोक लाई गर्व हुने गरि आफुले काम गर्ने बताउनुभयो। श्रेष्ठ २०८१ साउन १६ मा कांग्रेस को कोटा बाट राजदुत मा नियुक्त हुनुभएको हो । श्रेष्ठले ले २०४७ सालमा विद्यालयको तीन कोठे भवन बनाउन सहयोग गरेका थिए पनि प्रध्यापक को रुपमा समेत रहेर काम गर्नुभएको थियो ।

खेलकुद सप्ताह समापन कै अवसरमा नवलपुर माध्यमिक विद्यालयका पुर्व विद्यार्थी अर्लट ओभरसिज ग्रुपका संचालक एवम् नेपाली कांग्रेस वैदेशिक रोजगार तथा आप्रवासन विभागका केन्द्रिय सदस्य समेत रहेका देवकुमार खोखालीले विद्यालयका लागि ४० सेट जर्सी वितरण गर्नुभएको थियो ।

खेलकुद सप्ताहमा बक्तृत्वकला र डिजीटल हाजिरीजवाफ सदनात्मक भलिबल ,फिल्ड तर्फ सटफुट, ज्याभलिङ थ्राे, हाइजम्प, लङजम्प र त्रिपलजम्प खेल सम्पन्न भएको विद्यालय ले जनाएको हो। कार्यक्रम को समापन भने विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शेर बहादुर तामाङको सभापतित्वमा भएको हो।

Leave a Reply