रेडियो मिसन, मेलम्ची ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश नम्बर २ बाट निर्वाचित बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ्ग (समिर) ले विपन्न लगायत सम्पुर्ण बर्गको जीवनस्तर माथि उकास्ने कुरालाई निति तथा कार्यक्रमले समेट्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेश सरकारको २०८०/०८१ सालको नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा बागमती प्रदेश सभाको सदनमा सम्बोधन गर्दै तामाङले १३० बुदाँ लामो निति तथा कार्यक्रम अघि सारेको भन्दै यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
निति तथा कार्यक्रमले सघिंयताको प्रत्याभूती दिलाउन पर्ने बताउँदै उहाँले प्रदेश सरकार रहेको अनुभूती हुनेगरि कामगर्नुपर्नेमा सदनको ध्यानाकर्षण गराउनुभयो ।
सांसद तामाङले केहि सांसदहरुले सविंधान अनुसार सपथ खाने, पदिय हैसियतमा रहने सुविधा लिने तर सविंधान माथिनै प्रहार गर्ने गरेको भन्दै दोहोरो चरित्र नदेखाउन सभामुख मार्फत ध्यानाकर्षण गराउनुभयो ।
उहाँले वैदेशिक रोजगारीको शिलशिलामा देशको युवाहरु विदेशिनु परेको भन्दै स्वदेशमानै युवामैत्री कार्यक्रम ल्याउन, गुणस्तरीय शिक्षा प्रदानका लागि विद्यालय सुधारको योजना ल्याउन र मेलम्ची हेलम्बु बाढीबाट प्रभावितहरुले अहिलेसम्म पनि सरकारको महसुश गर्न नपाएको भन्दै १३० पृष्ठ लामो निति तथा कार्यक्रममा मेलम्ची हेलम्बुको बाढीको विषयले स्थान नपाएको भन्दै आपत्ती जनाउनुभयो ।
उहाँले एक छुट्टै परियोजना सञ्चालन गरि मागको सम्बोधन गर्न उहाँले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आफ्नो निर्वाचन क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुको चर्चा गर्दै उहाँले पर्यटनको माध्यमबाट यहाँको विकास गर्ने कुरामा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । हेलम्बुमा निमार्णधिन ६० किमि लामो ग्रेट टेललाई पनि प्रदेश सरकारले बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।