पुरानै कार्यसमितिलाई निरन्तरता दिँदै प्याब्सन सिन्धुपाल्चोकको अधिवेशन स्थगित

* # समाचार समाज सिन्धुपाल्चोक

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन ) सिन्धुपाल्चोकको ११औं जिल्ला अधिवेशन हालकै कार्यसमितीलाई कायम राख्दै स्थगित भएको छ ।

निर्वाचन प्रकृयाबाट कार्यसमिती बनाउन सदस्य रहेका ५ बिधालयका प्रतीनिधि नआएकोले नया कार्यसमिती निमाण प्रक्रिया स्थगित गरिएको प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष ओम प्रकाश उप्रेतीले बताउनु भयो । अब अर्को भेला बस्ने वा केन्द्रले हस्तक्षेप गर्दै कार्यसमिती बन्ने विकल्प रहेको उप्रेतीको भनाइ छ । प्याब्सनको जिल्ला अध्यक्षको लागी दिनेश बस्नेत र बुद्धिप्रसाद आचार्य आकांक्षी रहेका छन् । 


बुधबार मेलम्चीमा  प्याब्सनका केन्द्रिय उपाध्यक्ष थगिम कुमार गुरुङले अधिबेशनको उद्घाटन गर्नुभएको थियो ।  गुरुङले अब आउने शिक्षा विधेयकले निजि क्षेत्रको बिधालयले राज्यलाई दिएको योगदानको ख्याल गर्न सरकारलाई अनुरोध गर्दै बिधेयका बिसयमा प्याब्सन सङ्ग छलफल नगरेकोम दुख व्यक्त गर्नुभयो ।  


कार्यक्रममा पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष ध्रूव दंगालले सामाजिक उत्तरदायित्व वहन गरि केही विद्यालयहरूले सञ्चारकर्मीहरूका नानिबाबुलाई निशुल्क अध्यापन गराईरहेको स्मरण गर्दै धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि सहकार्यको अपेक्षा रहेको बताउनुभयो । 

अधिवेशनको अवसरमा पत्रकार महासंघमा निर्वाचित पदाधिकारीलाई बधाई  दिने कार्यक्रम समेत राखीएको थियो । सोही अवसरमा प्याब्सन सिन्धुपाल्चोकका पूर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । 

Leave a Reply