मेलम्चीमा एच.पि.भी खोप अभियानको अभिमुखिकरण सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा एच.पि.भी खोप अभियानको जिल्लास्तरीय अभिमुखिकरण तथा योजना तर्जूमा गोष्ठिको समापन गरिएको छ ।

१२ वटै स्थानीय तहका सम्बन्धित सरोकारवालाहरुलाई यस अघि सुनकोशी र हिजो र आज मेलम्चीमा अभिमुखिकरण संचालन गरिएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खोप अभियान सञ्चालन गर्दा आवश्यक पर्ने सहयोगका लागी नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सबै बालबालिकाको पहुँचमा पुग्नेगरी खोप अभियान सञ्चालन गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले खोप अभियानको सञ्चालन गर्नेबारे जानकारी गराउनुभयो । उहाँले सतप्रतिशत लक्ष्य पुरागर्नेगरी जनस्वास्थ्य कार्यालय तयार रहेको जानकारी दिनुभयो । बजगाईंले जिल्लाभर एकैपटक अभियान सञ्चालन गर्ने भन्दै कुनै समस्या आएमा समेत टोलि तयार रहेको बताउनुभयो । उहाँले प्राविधिक दक्षताको समेत व्यवस्थापन गरिएको बताउनुभयो ।


कार्यक्रममा सुनोकोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द हायु, पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष धुर्ब दंगाल लगायतले सबै एकजुट भै अभियान सफल बनाउन आग्रह गर्नुभयो ।


माघ २२-२९ जिल्लामा खोप लगाउने बजगाँइले बताउनुभयो ।

Leave a Reply