युवराज दुलाल एउटा ब्राण्ड हाे : एमाले नेता डबले लामा

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नवलपुर,

नेकपा एमालेका नेता तथा एमाले इन्द्रावती गाउँपालिका इन्चार्ज डवले लामाले नेकपा माओवादि केन्द्रका नेता तथा बागमती प्रदेशका भाैतीक पुर्वाधार विकास मन्त्री युवराज दुलालकाे सार्वजनिक कार्यक्रममै तारिफ गर्नुभएकाे छ ।

दुलाल एक बिकास प्रेमी नेता भएकाे बताउँदै एमाले नेता लामाले युवराज दुलाललाई एउटा ब्राण्डकाे संज्ञा दिनुभयाे । “उहाँ सिन्धुपाल्चाेककाे बिकास प्रेमी नेता हाे । सिन्धुपाल्चाेकमा माओवादि नेता दुलाल बिजय भएपश्चात बिकासकाे मुल फुटेकाे छ”, लामाले तारिफ गर्नुभयाे । श्री नाैली महादेव महिला बिकास वचत तथा ऋण सहकारी संस्था ली काे १३ औँ बार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै नेता लामाले समयमा सबैले ब्याज तिर्नुपर्ने बताउनुभयाे ।

सहकारीलाई मजवुद बनाउन सबैजना लाग्नुपर्ने उहाँकाे भनाई छ । नाैली महादेवमा भएकाे चाेरीकाे घटना पश्चात उचित छानविन नभएकाे उहाँले बताउनुभयाे । सहकारीमा चाेरी गर्ने ब्यक्ति अन्त कतैकाे नभई नवलपुरकै हुनसक्ने उहाँकाे आँकलन छ ।

सहकारीहरूलाई चाेरीकाे घटना बाट बचाउन १५,२० लाख बिनियाेजन गर्न गाउँपालिका अध्यक्ष झंकनाथ नेपाललाई लामाले कार्यक्रमबाटै अनुराेध गर्नुभयाे ।

Leave a Reply