तेर्से स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

तेर्से माध्यमिक विद्यालय मेलम्ची ६ तालामाराङमा रहेको तेर्से स्काउट ट्रुपको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

दिक्षान्तमा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान ,वडा सदस्य भोलानाथ ढुंगाना लगायतको उपस्थिती रहेको थियो । विद्यालयमा भएको कार्यक्रममा ३२ जना स्काउट विद्यार्थीलाई दिक्षित गरिएको स्काउट विद्यालय दल समितिको सदस्य सचिव चाँदनी  तामाङले जानकारी दिनुभयो । 

कार्यक्रममा उपप्रमुख उमा प्रधानले  स्काउटको महत्त्वको विषयमा चर्चा गर्दैै राष्ट्रको चौतर्फी विकास र व्यक्तिको व्यक्तित्व र नेतृत्व विकास गरि सवल तथा सक्षम नागरिक निर्माणका लागि स्काउटको अहम् भूमिका रहने बताउनु भयो । उहाँले तेर्सेमा माध्यमिक विद्यालय नगरपालिकाकै नमुना विद्यालयको रुपमा रहेको उल्लेख गर्दै हरेक क्रियाकलापमा उत्कृष्ट हुन आग्रह गर्नुभयो । स्काउटमा दिक्षित भएसँगै विद्यार्थीहरुमा जिम्मेवारी र दायित्व बढेको भन्दै विद्यालयमा पनि चुनौति थपिएको बताउनुभयो । 

उहाँले शैक्षिक सँगै अतिरिक्त क्रियाकलापमा पनि तेर्से माबि जिल्लाको मात्र नभएर प्रदेशकै नमुना बनेर अझै प्रगति गर्नुपर्ने बताउनुभयो । सहायक प्रधानाध्यापक जितबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नगर आयुक्त सुनिलकुमार भण्डारी,विद्यालयका प्रधानाध्यापक योगबहादुर अर्याल,ललगायतको उपस्थिती रहेको थियो । नगर आयुक्त भण्डारीबाट स्काउट दलसमिति अध्यक्ष विद्यालयका प्रधानाध्यापक योगबहादुर अर्याल, वडा जनप्रतिनिधि भोलानाथ ढुंगाना, अभिभावक बाट जानुका केसी,सदस्य सचिब चाँदनी तामाङ,शिक्षक ज्ञानु गिरी,लगायतले सपथ खानुभएको थियो भने विद्यार्थीहरुलाई स्काउट शिक्षक ज्ञानु गिरी र जीवन तामाङले सपथ खुवाउनुभएको थियो । कार्यक्रमको विद्यालयका शिक्षक रामभक्त दनुवारले सहजिकरण गर्नुभएको थियो ।

Leave a Reply