वसन्तपुरमा भोलीदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु हुँदै

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिका वडा नं ६ बसन्तपुरमा श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ भोलीदेखी सुरु हुँदै छ । श्री गौखुरेश्वर फलाँटेश्वर गड्गडेधाम बिकास उपभोक्ता समितिको आयोजनामा यहि भोली देखि २३ गते सम्म सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो । महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ ।

गौखुरेश्वर फलाँटेश्वर महादेव प्राङ्गणमा १०८ गोमुखे ढुङ्गेधारा ६४ शिवलिङ्ग, मुक्तिनाथ मन्दिर, पितृ तिर्थ निर्माण गर्ने डी. पी. आर. तयार भईसकेको र त्यस कार्यलाई पुर्णता दिन श्रीमद्भागवत महायज्ञको आयोजना गरिएको समितिका बरिष्ठ उपाध्यक्ष देव कुमार कोईरालाले जानकारी दिनुभयो ।

श्रद्वालुबाट आएको दान दातव्यको सदुपयोग गर्दै अक्षयकोष स्थापना गरि मन्दिरमा नियमित रूपमा यज्ञ अनुष्ठान गर्ने, पुजा अर्चना सहज बनाउने समितिको उदेश्य रहेको छ । यश स्थानलाई पितृ तीर्थको रूपमा बिकास गर्दै धार्मिक ऐतिहासिक र पुरातात्विक गरिमालाई बिकास गर्ने लक्ष्य राखिएको छ । मन्दिरलाई नै समितिको रूपमा दर्ता गरि सप्ताहको चरणमा प्रवेश गरेको समितिले जनाएको छ ।

गाईको खुट्टाको डाम ढुङ्गोमा प्राकृतिक रूपमा स्पष्ट देखिएकोले त्यस ठाउँमा भगवान श्री महादेवको बास भएको जनविश्वास रहेको छ । गौखुरेश्वर फलाँटेश्वर महादेव धाममा गड्गडाएर संधैभरी पानीको मुल फुटेको हुँदा गड्गडेधाम नामाकरण गरिएको विश्वास रहेको छ । धर्म संस्कृतिको जगेर्ना गर्ने र अक्षयकोषको स्थापना गर्नु सप्ताह आयोजना गर्नुको मुल उदेश्य रहेको समितीले जनाएको छ ।
मन्दिरमा जनै पूर्णिमा तथा बालाचतुर्दशीमा सम्पुर्ण जातजातीले राती जाग्राम बसेर आफ्ना पितृहरूको सम्झनामा दिप प्रज्वलन गरेर शतवीज छर्ने गरेका छन । श्रावण महिनाको शोमवार सबै नारीहरूले शिवजीको व्रत, उपबास, पुजा अर्चना गर्ने गरेका छन ।

श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञमा भोलीे बिहान ७ बजे कलशयात्रा, प्रत्येक दिन बिहान ६ः३० देखि १०ः३० सम्म पाठ पारायण, बिहान ७ः३० बजेदेखि हवन, १०ः३० देखि ४ः३० सम्म कथावाचन र प्रत्येक दिन बेलुका भजन कीर्तन हुने समितिले जनाएको छ । साथै दातालाई उचित सम्मान समेत गरिने छ ।

Leave a Reply