मेलम्ची नगरपालिका वडा नम्बर ९ को गुफा डाँडामा पाँचौं जलवायु दिवस सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाले आयोजनामा गुफा डाँडामा पाँचौ जलवायु दिवस सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले गुफाडाँडालाई पर्यटकिय क्षेत्र बनाउनुका साथै स्याउ खेत्किो लागी उपयुक्त हुने बताउनुभयो । “हामीले प्रकृति दोहन पारेका छौँ, प्रकृति को जीव संग हामी मिलेनौँ भने मानविय क्षति धेरै हुन्छ । सडक बनाउँदा हामीले आइई र एआइ गरेको भन्छौँ तर त्यो डकुमेन्ट हेर्ने चलन छैन । हामीले डकुमेन्ट बनाउँछौ तर कार्यान्वयन गर्दैनौँ” उहाँले भन्नुभयो ।
मेलम्चीबाट शिखरपुर जाने पुलको लागि ३७ करोड बिनियाजन गरेको मुख्यमन्त्रि लामाले जानकारी दीनुभयो । अहिले २६ करोडमा टेन्डर परेको उहाँले जानकारी दिनुभयो । छापभन्ज्याङ ठाँटी पट्केश्वर, झ्याँडी नवलपुर लगायत टेन्डर हुनुका साथै यो क्षेत्रलाई विशेष रूपमा हेरेको मुख्यमन्त्रि लामाले बताउनुभयो । मेलम्ची, तिपेनी, भोताङ सडकका लागी १६ करोड बहुबर्षे प्रणालीमा रहेको र केही दिनमा टेन्डर हुने जानकारी दीनुभयो । मेलम्ची छापभन्ज्याङ सडकको लागी पनि ४ करोड, १६ लाख बजेट व्यावस्थापन गरी बहुबर्षे योजनाको रुपमा अघी बढाएको मुख्यमन्त्रि लामाले बताउनुभयो ।

पूर्वमन्त्रि तथा नेकपा एमालेका नेता शेर बहादुर तामाङले यो सम्मेलन निरन्तर गर्न जरूरी रहेकोमा नगरपालीकाले अपनत्व लीएकोमा धन्यवाद दीनुभयो । “हाम्रै हिमाल देखाएर अरूले पैसा कमाएका छन हामीले यहाँ बाट धेरै पर्यटक लाई आकर्षित गर्न सकिन्छ । मेलम्ची बाट ज्यामिरे हुँदै गुफा जाने बाटो प्रदेशले बनाउनुपर्छ । यो बाटो कालोपत्रे गर्न जरूरी छ । गुफाडाँडालाई सुन्दर हरियाली चिया बगान बनाउँ” उहाँले भन्नुभयो । गुफा डाँडा साँच्चै सुन्दर रहेको उहाँले बताउनुभयो । “बिकसित मुलुकले कोईला बालेर वायु प्रदुषण भयो हाम्रो हिमाल पग्लेर मेलम्ची बगायो” पूर्वमन्त्रि तामाङले भन्नुभयो ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले बागमती प्रदेशमा सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमा भएको बताउनुभयो । अति वृष्टि अना वृष्टि र खाद्य संकटले मानव जिवनमा असर गरेको उहाँको भनाई थियो । एउटा क्याविनेट बैठक गुफाडाँडामा गर्न उहाँले मुख्यमन्त्रीलाई आग्रह गर्नुभयोे । हाम्रो जिवनसैली बाताबरणमैत्री हुनुपर्नेमा उहाँले जोड दीनुभयो । सिन्धुपाल्चोकको बिकासमा हातेमालो गर्न तयार रहेको मन्त्री लामिछानेले बताउनुभयो ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले जलवायु परिवर्तनले रैथाने बालि नाथ भईरहेको बताउनुभयो । डोटरे बिकासले क्षति थोरै भएपनि जलवायु परिवर्तनले नै धेरै बिपत्ती निम्तिएको उहाँको भनाई थियो । “बिपद रोक्न सकिँदैन तर विपद बाट परेको असरको क्षति बिकसित र कार्वन उत्सर्जन गर्ने मुलुकले व्यहोर्नुपर्दछ । बिकसीत मुलुकले गरेको औधिगिकिकरणका कारण जलवायु परिवर्तन भएको हो” उहाँले भन्नुभयो ।

बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङले सिन्धुपाल्चोक बिपद ग्रस्त जिल्ला भएको बताउनुभयो । मेलम्ची तिपेनी भोताङ सडक तत्काल बनाउन आवस्यक रहेको उहाँको भनाई थियो । मेलम्ची छापभन्ज्याङ सडक पनि डिपिआर भएको छ र फाईल भौतिक मन्त्रालयमा अड्किएको सांसद तामाङले जानकारी दीनुभयो ।

जिल्ला समन्वय समिति रसुवाका प्रमुख असोक कुमार घिमिरेले भान्सामा समेत जलवायु परिवर्तनका असर देखिएको बताउनुभयो । गोसाइकुण्ड पदमार्ग बनाउन आवस्यक रहेको उहाँको भनाई थियो । यस्तो उपयोगी कार्यक्रम आयोजना गरेकोमा मेलम्ची नगरपालिकालाई धन्यवाद दिनुभयो ।
बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्रि निमा लामाले जलवायु परिवर्तनका कारण हिमालहरू पग्लिएको बताउनुभयो । भेमाथाङको पहिरो पनि जलवायु परिवर्तनका कारण भएको लामाको भनाई थियो । कोपनहेगनमा भएको सम्मेलनमा पनि नेपालले जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको अवगत गराएको उहाँले जानकारी दीनुभयो । “अब हामीले विश्वसामु यो कुरा लैजान आवस्यक छ । जलवायु परिवर्तनका कारण धर्म संस्कृति पनि मासिन लागेको छ” उहाँले भन्नुभयो ।

नेपाली काँग्रेसमा महासमीती सदस्य वंशलाल तामाङले गुफाडाँडालाई मेलम्ची नगरपालिकाले अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको बताउनुभयो । “अन्तर्राष्ट्रिय सन्धिमा उठाएका कुरा लागू हो । अन्तर्राष्ट्रिय जलवायु सम्मेलन केन्द्र मेलम्ची नगरपालिकाले बनाउनुपर्छ । बिश्वभरका व्यक्तिहरू बोलाएर बहास गर्न सकेमा यसले सार्थकता पाउनेछ । यहाँ पर्यटकिय क्षेत्र बनाउन सकेमा यहाँका स्थानियको रोजगारीको सृजना गर्न सकिन्छ” उहाँले भन्नुभयो ।
बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले जलवायु परिवर्तन सम्वन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको हो । प्रकृतीमैत्री जीवन जिउन आवस्यक रहेको उहाँले बताउनुभयो । भावि पुस्ताको जीवन सुरक्षित बनाउन अहिलेको व्यक्तिहरूले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जलवायु परिवर्तनले गरेका असर र न्युनिकरणका उपायको बारेमा उहाँले जानकारी दिनुभएको थियो ।

मेलम्ची नगर प्रमुख आइतमान तामाङले प्रदेश संग ७०/३० प्रतिशतमा काम गर्न तयार रहेको बताउनुभयो । जलवायु सम्मेलन मार्फत विश्व समुदायलाई सन्देश दीनुका साथै रोकथाम तथा न्युनीकरणका उपायको विषयमा खोजी गर्ने उहाँले जानकारी दिनुभयो । आगामी दिन प्रत्येक बर्ष जलवायु सम्मेलन आयोजना गनुृका साथै अझ प्रभावकारी बनाउने उहाँले बताउनुभयो ।

मेलम्ची नगर उपप्रमुख उमा प्रधान स्वागत मन्तव्य राख्दै जलवायु परिवर्तनले गर्ने असरलाई न्युनिकरण गर्न नसके भयावह अवस्था आउने बताउनुभयो । राज्यका सबै निकायले यसमा ध्यान दिनुपर्नेमा उहाँले जोड दीनुभयो । खोलानाला सुक्नुमा साथै हिमाल पग्लिएर नाङ्गो डाँडा बनेको जानकारी दिनुभयो ।




