त्रिपुरासुन्दरी गाउँपालिकाकाे प्रशासनीक भवन उद्घाटन

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चाेक जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिकामा प्रशासनीक भवनकाे उद्घाटन गरीएकाे छ । आज एक कार्यक्रमका विच गाँउपालीकाकाे प्रशासनीक भवनकाे उद्घाटन गरीएकाे हाे।

१९ गतेदेखी सुरु भएकाे उद्घाटन सप्ताह आज सकीएकाे हाे। पालिकामा निर्माण भएका वडा कार्यालय स्वास्थ्य कार्यालयका भवन मोटरेबल पुल र गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन सकीएकाे छ ।

उद्घाटन समाराेहका प्रमुख अतिथी पूर्व स्वास्थ्यमन्त्रि तथा प्रतिनिधी सभाका सदस्य माेहन बहादुर बस्नेतले त्रिपुरासुन्दरीले भाैतीक निर्माणमा धेरै काम गरेकाे बताउनुभयाे । आफु मन्त्रि हुँदा स्वास्थ्य कार्यालयका भवन निर्माणक लागी बजेट व्यावस्थापन गरी काम गरेकाे बताउनुभयाे । आफु पदमा हुँदा हाेस या नहुँदा हाेस हरेक क्षाेत्रमा काम गरेकाे उहाँले बताउनुभयाे । जिल्लाका विकास निर्माण तथा नागरीकलाई परेकाे अफ्ठ्याराेमा जनतासँगै रहेर काम गरीरहेकाे उहाँले बताउनुभयाे । विकास गर्ने कुरामा खुट्टा तान्नेहरुले तानिरहे पनि काम गरिरहने उहाँले बताउनुभयाे ।

उद्घाटन समारोहमा बिशिष्ट अथिति बागमती प्रदेश पुर्वमन्त्रि मसिना खड्का, बाह्रविसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङ, भाेटेकाेशी गाउँपालीकाका अध्यक्ष पाषाङ नुर्पु शेर्पा उपाध्यक्ष दिक्षेन शेर्पा बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामा लगाएतकाे सहभागीता रहेकाे थियाे ।

उद्घाटन सप्ताहमा वडा नम्बर १ मा डामा यो बर्थिङ सेन्टर र सीएचयुको लागि बनाएको भवन उद्घाटन भएकाे छ । २० गते दुई नम्बर वडामा स्वास्थ्य स्वास्थ्य कार्यालयको भवन उद्घाटन भएकाे छ। २१ गते तीन नम्बर वडामा स्वास्थ्य कार्यालयको भवन उद्घाटन भएकाे छ। २२ गते वडा नम्बर ३ मा रहेको मोटरेबल पुलको उद्घाटन भएकाे छ। २३ गते ६ नम्बरकाे टेकानपुरमा स्वास्थ्य कार्यालयको भवन उद्घाटन भएकाे छ। वडामा २४ गते वडा नम्बर ५ मा रहेको स्वास्थ्य चौकी भवन उद्घाटन भएकाे छ।

चैत महिनासम्म वडा नम्बर १ र २ को वडा कार्यालय भवन उद्घाटन हुनेछ। वडा नम्बर ३ को वडा कार्यालय र वडा नम्बर ४ मा स्वास्थ्य कार्यालयको भवन उद्घाटन हुनेछ। यस अघि वडा नम्बर ५ र ६ को वडा कार्यालय भवन उद्घाटन भइसकेको छ। यो वर्षभित्रमा वडा कार्यालयहरू स्वास्थ्य कार्यालयका भवनहरू र गाउँपालिकाको प्रशासकीय भवनको सेवा सबै आफ्नै कार्यालयबाट हुने गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो ।

तावी खोला र सुनकोशी खोलामा पनि मोटरेबल निर्माणको काम सुरु भएको छ। यी दुईवटा पुल वडा कार्यालय स्वास्थ्य कार्यालयको भवन र विद्यालयका भौतिक संरचना पूर्ण रुपमा सम्पन्न गर्ने उहाँले अध्यक्ष बोहराले जानकारी दिनुभयो । आगामी दीनमा पनि विकासका काममा निरन्तरता दीने उहाँले बताउनुभयाे ।

Leave a Reply