रेडियो मिसन, मेलम्ची ।
२८ औं जनयुद्ध दिवसको अवसरमा आज मेलम्चीमा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन गरिएको छ । नेकपा माओवादी केन्द्र मेलम्ची ११ द्वारा आयोजित कार्यक्रममा बोल्नु हुँदै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गणतन्त्र खतरमा रहेकाले सबै राजनैतिक दल र कार्यकर्ता चनाखो भएर लाग्नु पर्ने बताउनुभयो ।
उहाँले आन्दोलनमा साहदत प्राप्त सम्पुर्ण सहिद प्रती श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको स्वस्थ्य लाभको कामना गर्नुभयो । कार्यक्रममा स्थानीय समाजसेवी सिद्दीनारायण श्रेष्ठ , पुष्कर धिताल माओवादी केन्द्रका नेताहरु लक्ष्मण सापकोटा ज्ञानप्रसाद, उधन आले मगर, शुदर्शन सापकोटा , वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ लगायतले जनयुद्धको सम्झना गर्नुहुँदै गणतन्त्रको रक्षाका लागि सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मावोबादी मेलम्ची उपाध्यक्ष सिपि दुलाल, समाजसेवी धर्मकृष्ण श्रेष्ठ, माओवादी नेता रामकृष्ण चालिसे, गगां बहादुर दनुवार लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।