सरकारले हेलम्बुकाे व्यथा देखेन : पुर्व मन्त्री तामाङ 

* # अर्थ बाणिज्य पालीका खबर राजनीति समाचार समाज सिन्धुपाल्चोक

सरकारले हेलम्बुकाे व्यथा नदेखेको पूर्व मन्त्री शेर बहादुर तामाङले बताउनुभएको छ ।

हेलम्बु स्थित ओर्ग्येन साङ्ङाग देछ्येन छ्योलिङ गुम्बा उद्घाटन तथा प्राण- प्रतिष्ठा `राब्ने´ पुजा कार्यक्रममा आफ्नो भनाइहरू राख्दै पूर्वमन्त्री तथा नेकपा एमालेका स्थाई कमिटी सदस्य तामाङले हेलम्बु – मेलम्चीको बाटो तहसनहस भएको र यस क्षेत्रमा सरकारले चासो नदेखाएको बताउनुभयो ।

“सरकारले काठमाण्डौमा पानीको धाराको टुटी खोल्यो तर हेलम्बुकाे व्यथा देखेन”, तामाङले भन्नुभयो । “गुम्बा जति ठडाउँछाैँ त्यतिनै हाम्रो शिर ठडिन्छ”, तामाङले भन्नुभयो “सरकारले धरहरा बनाउन चासो देखायो तर गुम्बा निर्माणमा चासो देखाएन” । भुकम्प र बाढीले हेलम्बुका धेरै कुराहरू क्षति भएको बताउँदै उनले गुम्बा उद्घाटन भएकोमा खुसी व्यक्त गर्नुभयाे ।

भुकम्प पछि सबै राजनीतिक दलहरू एक भएकाले नाकाेतेकाे गुम्बा निर्माण पनि अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयाे । हेलम्बुकाे विकासको लागि २०,३० लाख बजेट मात्र हाल्ने काम भएको तर दीर्घकालीन रूपमा काम नभएको उहाँको भनाई छ ।

सबै राजनीतिक दल मिलेर हेलम्बुकाे बाटो कालापत्रे गर्न तर्फ लाग्नु अहिलेको हेलम्बुकाे माग भएको उहाँले बताउनुभयो । “हेलम्बु भनेको भगवान बस्ने ठाउँ हो । सबै सरकार मिलेर याे ठाउँ बनाउनु पर्छ । दीर्घकालीन याेजना ल्याएर मात्र यहाँको विकास सम्भव छ । यहाँका उत्पादित सामानहरू काठमाण्डौ पुर्‍याउन सकियाेस”, तामाङले भन्नुभयाे ।

Leave a Reply