पाँचपोखरीद्धारा अपाङ्गता भएका विद्यार्थीलाई स्वीटर वितरण

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माविमाअपाङ्गता भएका १२ जना बालबालिकालाई स्वीटर वितरण गरिएको छ ।

१८ बर्ष मुनिका विद्यालय जाने शारिरीक र मानसिक रूपमा अपांगता भएका बालबालिकाहरू लाई गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यता र वडाध्यक्ष सुके तामाङको अध्यक्षतामा आज सो सामग्री वितरण गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकि शाखा प्रमुख शारदा उप्रेतीले जानकारी दिनुभयो ।

आगामी दिनमा बाँकी रहेका विद्यालयमा पनि वितरण गर्ने कार्यक्रम रहेकाे उहाँले बताउनुभयो ।

Leave a Reply