इन्द्रावती नमुना पोषण पाठशाला समारोह सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रबिन दनुवार, नवलपुर ।
इन्द्रावती नमुना पोषण पाठशाला समापन समारोह सम्पन्न भएको छ । मंगलबार इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा र इन्द्रावती नमुना पोषण पाठशालाका अध्यक्ष शान्ता माया गोलेको अध्यक्षतामा समारोह इन्द्रावती ४ गैरीगाउँमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पालिका अध्यक्ष झम्क नेपालले तीन वर्षे कार्यक्रमले मात्रै पोषण पाठशालाको उद्देश्य पूरा नहुने बताउनुभयो । नेपालले स्वास्थ्य समृद्धि विना आम समृद्धि पूरा नहुने जिकिर गर्नुभयो । पालिकाले चलाएको संस्थामा अण्डा घर घरमा झण्डाको नारा सहित स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलाहरुका निम्ति एक हजार पोषण भत्ता सहित एक क्रेट अण्डा दिँदै आएको बताउनुभयो । पालिका भित्रका विभिन्न बिरामीहरुले रगत किनेर शरीरमा राख्न पर्ने बाध्यतालाई मध्ये नजर गरि पालिकामा रगत किनेको बिल पेश गरेमा भुक्तानी उपलब्ध गराइने पनि अध्यक्ष नेपालले बताउनुभयो ।

स्वास्थ्य चौकीहरुमा आमा समुहको बैठक नियमितता नभएको गुनासोलाई ध्यानाकर्षण गरि आमा समुह बैठकको लागि पनि खाजाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । मानव जीवनको संवेदनशील क्षेत्र भनेकै स्वास्थ्य क्षेत्र रहेको अध्यक्षले बताउनुभयो । स्वास्थ्य क्षेत्रको समृद्धि बिना हामी देखेको समृद्धि पूरा नहुने भन्दै पालिका स्वास्थ्य क्षेत्रमा एकदमै संवेदनशील भएको अध्यक्ष नेपालले बताउनुभयो ।

इन्द्रावती गाउपालिका वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले वडाले शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गरिदिएको बताउनुभयो।

सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च CDECF संस्थाको सहयोगमा वडाको कृषि क्षेत्रमा धेरै कामहरू भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । पोषण पाठशालाबाट सिकेको सिकाई व्यवहारमा उतार्न अध्यक्ष तामाङले अनुरोध समेत गर्नुभयो । अध्यक्ष तामाङले स्थानीय तह र वडा तहबाट स्वास्थ्य क्षेत्रमा निरन्तर लागि रहने प्रतिबद्धता समेत जनाउनुभयो ।
इन्द्रावती पोषण पाठशालाका सहजकर्ता पासाङ तामाङले २०७७ साल देखि सुरुवात भएको पोषण पाठशाला सुनौलो हजार दिनका आमा र प्रजनन उमेर पुगेका महिलारुले पोषण सम्बन्धी व्यबहारीक शिक्षा आर्जन गर्ने थलो रहेको बताउनुभयो । स्थान र समय निर्धारण सामाजिक समावेशीकरण र लैंगिक भूमिका विश्लेषण, सामाजिक श्रोत नक्सा निर्माण र पाठशाला सञ्चालनको नीति निर्माणका लागि सफल पोषण समुहको १५ जना, इन्द्रेणी पोषण समुहका दस जना, सल्लेरी बजार पोषण समुहको तीन जना गरी जम्मा २८ जनाको समूह गठन गरेको तामाङले बताउनुभयो ।

त्यसैगरी तुलनात्मक अध्ययन गर्ने पाठशाला भित्रका दस जना र बाहिरका दस जना बालबालिकाहरु छनौट गरेको उहाँले बताउनुभयो । तामाङले पोषण पाठशालाबाट बालबालिकाको पोषण अबस्था बारे सिकाइको बताउनुभयो । खानेपानीको सुदृढकरण गर्ने, घर वरपर सरसफाइ गर्ने र पोषण युक्त खानेकुराहरु बच्चाहरुलाई खुवाउने जस्ता सिकाइ पाठशालाबाट प्राप्त हुने बताउनुभयो ।

पोषण पाठशाला सञ्चालन गर्न र सफल बनाउनको लागि आ–आफ्नो तवरबाट सहयोगको भूमिका निभाएको भन्दै खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना FANSEP खाद्य तथा कृषि संगठन FAO सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च CDECF र स्थानिय सरकारलाई संस्थाका सहजकर्ता तामाङले धन्यवाद समेत व्यक्त गर्नुभयो ।

Leave a Reply