चण्डेश्वरी माविले मनायाे स्वर्ण जयन्ती

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

श्री चण्डेश्वरी माध्यमिक विद्यालय ईन्द्रावती १० काे स्वर्ण जयन्ती, ५० औँ बार्षिकाेत्सव, अभिभावक तथा पुर्व विद्यार्थी पुनर्मिलन समाराेह सम्पन्न भएकाे छ ।

नेपाल सरकार गृह मन्त्रालयका सचिव गाेकर्णमणी दवाडीकाे प्रमुख आतिथ्यता र विव्यस अध्यक्ष जीवन कुमार थापामगरकाे सभातीत्वमा कार्यक्रम भएकाे हाे । २०३१ सालमा यश विद्यालयकाे स्थापना भएकाे थियाे । समाराेहमा अक्षयकाेषदाता, जग्गादाता, चन्दादाता, लगायत विद्यालयका सम्पुर्ण शिक्षकलाई सम्मान गरिएकाे थियाे । साथै विद्धालयकाे स्मारीका र विद्धालय गानकाे विमाेचन गरिएकाे थियाे ।

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिनुका साथै अनुशासित छात्र छात्रालाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा प्रधानाध्यापक शिवराम न्याैपानेले विद्यालयकाे प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयाे । न्याैपानेले आर्थिक बर्ष २०८०/०८१ मा १ कराेड ४२ लाख ५३ हजार ९ सय ९६ रूपैयाकाे आय र व्यय प्रस्तुत गर्नुभयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि नेपाल सरकार गृह मन्त्रालयका सचिव गाेकर्णमणी दवाडीले सिन्धुपाल्चाेक संग विशेष सम्बन्ध गासिएकाे बताउनुभयाे । सिन्धुपाल्चाेककाे प्रमुख जिल्ला अधिकारी समेत भईसक्नुभएका दवाडीले भुकम्प पछि नागरिक कसरी चाँडाे भन्दा चाँडाे घरभित्र राख्ने भन्नेमा काम गरेकाे स्मरण गर्नुभयाे । आफुले पढेकाे विद्यालय र यस विद्यालयकाे नाम मिल्ने भन्दै ईन्द्रावतीमा आफु तेस्राे पटक आएकाे स्मरण गर्नुभयाे । “यश विद्यालयबाट धेरैले विभिन्न क्षेत्रमा आफनाे क्षमता देखाईसकेका छन”, उहाँले भन्नुभयाे “मुलुकले खाेजेकाे नागरिक उत्पादन गर्न याे विद्यालय सफल हाेस” । समृद्व नेपाल सुखी नेपालीकाे सपना पूरा गर्न शिक्षामा लगानी आवस्यक रहेकाे उहाँकाे भनाई छ ।

कार्यक्रमका विशिष्ट अतिथि ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले आफु पढेकाे यस विद्यालयलाई सकेकाे सहयाेग गर्ने बताउनुभयाे । साथै आफु गाउँपालिकामा निर्वाचित भएपनि शैक्षिक सुधारमा निरन्तर लागेकाे बताउनुभयाे ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका निवर्तमान अध्यक्ष वंशलाल तामाङले प्रगती गर्न सबै व्यक्ति धनिका छाेराछाेरी हुन जरूरी नभएकाे बताउनुभयाे । प्रगती गर्न विव्यस, विद्यालय, शिक्षक सहायक चिज भएकाे भन्दै आफुलाई के कस्ताे बनाउने भन्ने अठाेट चै प्रधान कुरा हुने धारणा राख्नुभयाे । डाईनामिक र सकारात्मक साेच भएकाे जीवन कुमार थापामगर जस्ताे विव्यस अध्यक्ष भएमा शैक्षिक गुणस्तर वृद्वि हुन सक्ने उहाँकाे भनाई छ ।

स्वर्ण जयन्तीकाे अवसरमा पुर्व विद्यार्थी तथा चन्दादाता बाट २७ लाख भन्दा धेरै सहयाेग रकम प्राप्त भएकाे विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन कुमार थापामगरले जानकारी दिनुभयाे । कार्यक्रम विद्धालय व्यावस्थापन समितिका अध्यक्ष जिवन कुमार थापा मगरकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

Leave a Reply