यस्ता छन् मेलम्चीको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतका कार्यक्रम

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ ।  

जस अन्तर्गत आज दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने मूल नाराका साथ ३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । 

यस्ता प्रकृतिका कार्यक्रमबाट तल्लो तहमा रहेका  व्यक्तिहरूले प्रत्यक्ष रूपमा सेवा प्राप्त गर्नुको साथै जनचेतनाको समेत विकास हुने राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । 

अभियानको क्रममा हुने कार्यक्रमहरू मङ्सिर  १५ गते नगरपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, मङ्सिर १७ गते नगर स्तरीय अपाङ्गता दिवस र अन्तर्क्रिया कार्यक्रम, मङ्सिर १८ गते वडा स्तरीय लैङ्गिक हिंसा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम, मङ्सिर २० गते क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई  घर घरमा गएर विशेषज्ञ स्वास्थ्य कर्मीहरूबाट स्वास्थ्य सेवा प्रदान गर्ने, २२ गते वडाको अगुवा माध्यमिक विद्यालयमा सचेतनामूलक नाटक प्रदर्शन गरिने दुलालले बताउनुभयो । 

Leave a Reply