मेलम्चीमा खुल्ला मेयर कप कराँते प्रतियोगिता, ३७ स्वर्णका लागि २२५ खेलाडी भिड्दै

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाद्धारा आयोजित दुई दिने खुल्ला मेयर कप कराँते प्रतियोगिता आजबाट सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्नुहुदै नगर प्रमुख आइतमान तामाङले खेलकुद क्षेत्रको विकास, प्रतिभा पहिचान तथा युवाहरूलाई सकारात्मक र सिर्जनशील बनाउने उद्देश्यले खेलकुदका बिभिन्न प्रतियोगिताहरुलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।


खेलकुदले स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेलाडीहरूलाई जित(हारलाई स्वाभाविक रूपमा स्वीकार गर्न आग्रह गर्नुभयो । उहाँले खेल मैदानमा प्रतिस्पर्धा जितका लागि भए पनि खेलभावना, अनुशासन र आत्मसंयमता नै खेलाडीको वास्तविक पहिचान हुने भएकाले प्रतियोगितामा पराजित हुदैमा निराश हुननहुने बताउनुभयो । उहाँले हारलाई सफलताको आधारशिला मानेर अझ बढी मेहनतका साथ अगाडि बढ्न खेलाडीहरूलाई प्रेरित गर्नुभयो ।  


कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले कराँते प्रतियोगिताले खेलको प्रवद्र्धनसँगै खेलाडीहरूबीच आपसी सद्भाव, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने विश्वास नगरपालिकाले लिएको बताउनुभयो।


कार्यक्रममा शुभकामना व्यक्त गर्दै वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको बताउँदै सबै खेलाडीलाई जितको शुभेच्छा प्रदान गर्नुभयो । 
प्रतियोगिताको उद्घाटन सत्रको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, विभिन्न सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरोकारवाला निकायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


दुई दिन सम्म चल्ने प्रतियोगितामा बिभिन्न तौल समुह अन्र्तगत ३७ स्वर्णको लागि २२५ खेलाडी सहभागि छन् भने प्रतियोगितामा सिन्धुपाल्चोक संगै काभ्रेपलान्चोक ,काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर लगायतका खेलाडीहरु सहभागि भएको प्रतियोगिता संयोजक  सानुवाबु गिरीले जानकारी दिनुभयो ।  

Leave a Reply