सिन्धुपाल्चोक
तामाङ पत्रकार संघ सिन्धुपाल्चोक शाखाको अध्यक्षमा प्रितम गोले तामाङ सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । पहिलो भेलाबाट अध्यक्ष रहनुभएका तामाङ पुनः पहिलो अधिवेशनबाट दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो ।
जिल्ला सदरमुकाम चौतारामा सम्पन्न भएको शाखाको अधिवेशनले तामाङको नेतृत्वमा उपाध्यक्ष अश्मी स्याङ्तान, सचिव फूलमान तामाङ मोक्तान, सह–सचिव विपना तामाङ गोले, सह–सचिव आईसिंङ तामाङ, कोषाध्यक्ष सुरेन्द्र तामाङ, सदस्यहरुमा शर्मीला तामाङ गोले, प्रेम लामा, सागर तामाङ सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनबाट निर्वाचित अध्यक्ष तामाङले पहिलो कार्यकालमा केन्द्रिय समितिले निर्देशन दिएको कार्यक्रमहरुलाई सम्पन्न गरेको, अग्रज पत्रकारहरुलाई सम्मान गरेको, जिल्लाका तामाङ जनप्रतिनिधिहरुको वृतचित्र निर्माणका लागि तथ्यांक संकलनमा विशेष भुमिका निभाएको विषयलाई कार्यकालको उपलब्धिको रुपमा लिएको बताउनुभयो ।
त्यस्तै बितेको कार्यकालमा सम्पन्न गर्न नसकेका विषयहरुलाई अब नयाँ नेतृत्व समुहले तदारुकताका साथ गर्ने योजना रहेको उहाँले बताउनुभयाे । अधिवेशन तामाङ पत्रकारिता समुदायको पहिलो पत्रकार ङेम्लिङ लामाको प्रमुख आतिथ्यता, तामाङ पत्रकार संघको बागमती प्रदेश उपाध्यक्ष शान्ति थिङको विशेष आतिथ्यता र फोनिज जिल्ला उपाध्यक्ष कमला पाख्रीनको सहभागिता रहेकाे थियाे ।