इन्द्रावती–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा वडा कमिटी गठन गरेको छ।
शुक्रबार इन्द्रावती गाउँपालिका रास्वपाका कार्यवाहक सभापति रविन्द्र प्रसाद दाहालको सभापतित्वमा सम्पन्न भेलाले वडा कमिटी गठन गरेको हो।

नवगठित वडा कमिटीको सभापतिमा चटक बहादुर नेपाली चयन भएका छन् भने उपसभापतिमा रामकृष्ण माझी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा सोम बहादुर तामाङ, कामी थिङ तामाङ र कृष्ण बहादुर तामाङ चयन भएका छन्।

कमिटी गठन कार्यक्रममा रास्वपा जिल्ला सदस्य दोर्जे तामाङ, प्रदीप सिलवाललगायतको उपस्थिति रहेको थियो।

Leave a Reply