ईन्द्रावती ५ मा आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने (सुचनासहित)

* # समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ ले स्थानीय किसानहरूको मागअनुसार आलु खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको वार्षिक स्वीकृत कृषि कार्यक्रममा समावेश योजना अननुसार आलु खेती विस्तार गरी उत्पादन वृद्धिको उद्देश्यले अघि बढाइएको हो ।

वडा कार्यालयले सूचना प्रकाशित गरी इच्छुक किसान समूह वा सहकारी संस्थाहरुलाई १० दिनभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न आह्वान गरेको छ। यस कार्यक्रमअन्तर्गत सहभागी किसानले बीउ खरिदमा ५० प्रतिशत अनुदान पाउने छन् ।

वडा कार्यालयले तोकेको मापदण्ड पुरा गरी आवश्यक पर्ने कागजात सहित कार्यक्रममा सहभागी हुन किसानहरुलाई आह्वान गरेको छ ।
वडा अध्यक्ष शशिनाथ आचार्यका अनुसार यो कार्यक्रमले किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहन गर्ने र स्थानीयस्तरमा आलु उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।

Leave a Reply