नवलपुर । शैक्षिक अभियन्ता मोहनबहादुर गिरीद्वारा इन्द्रावती गाउँपालिका वडा नम्बर ६ मा रहेको कमलादेवी माध्यमिक विद्यालय र सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय तथा वडा नम्बर ७ मा रहेको बालबालिका सुधार आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरूका लागि न्यानो कपडा तथा वाटर डिस्पेन्सर वितरण गरिने भएको छ ।
न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण कमलादेवी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी कात्तिक १४ गते गरिँदैछ ।
शिक्षा क्षेत्रप्रति समर्पित अभियन्ता गिरीले इन्द्रावती गाउँपालिकाभित्रका विद्यालयहरूमा निरन्तर रूपमा शैक्षिक सामाग्रीहरू सहयोग गर्दै आउनुभएको छ । गिरीले गाउँपालिकाभित्र रहेका सबै शैक्षिक संस्थाहरूलाई सहयोग गर्ने उद्देश्यका साथ यसअघि अधिकांश विद्यालयमा सहयोग पुगिसकेको गरिसक्नुभएको छ । भने अब बाँकी रहेका विद्यालयहरूमा पनि छिट्टै सहयोग पुर्याउने योजना रहेको उहाँको भनाइ छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा शैक्षिक अभियन्ता कुन्जरमणि भट्टराई, विशिष्ट अतिथिहरूमा ज्योतिष एवं वरिष्ठ वास्तुविद डा. उत्तम उपाध्याय न्यौपाने, शैक्षिक अभियान्ता मोहन बहादुर गिरी, वडा नम्बर ७ का अध्यक्ष रविन्द्र कुमार खाती, वडा नम्बर ६ का अध्यक्ष इन्द्रबहादुर तामाङ र वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरीको सहभागिता रहने जनाइएको छ ।
शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएकोले गाउँपालिका भित्रका प्रत्येक विद्यार्थीलाई आवश्यक सहयोग पुर्याउन सक्दो प्रयास भइरहेको अभियान्ता गिरीको भनाइ छ।
