पाँचपोखरी ।
पाँचपोखरी थाङपाल गाउँपालिका–३, भोताङको मजुवामा निर्माण सम्पन्न भएको खाल्दोङबो सामुदायिक भवन तथा उन्जि लामाटोल सामुदायिक संस्था भवनको समुद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको सहयोगमा निर्माण सम्पन्न भवनको उद्घाटन बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव माननीय कृष्ण कुमार तामाङ (समीर) ज्युले गर्नुभएको थियो ।
द्घाटन समारोहमा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै तामाङले प्रदेश सरकारको प्राथमिकता ग्रामीण भेगको पूर्वाधार विकासतर्फ रहेको उल्लेख गर्दै आगामी दिनमा अझ धेरै विकास निर्माणका योजनाहरू ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सामुदायिक भवनहरूले गाउँका नागरिकलाई सामाजिक, सांस्कृतिक र शैक्षिक गतिविधिहरू सञ्चालन गर्न सहज बनाउने विश्वास व्यक्त गर्नुभयो । स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको सहभागिता रहेको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति र सम्मान कार्यक्रम समेत गरिएको थियो । यो उपलब्धि गाउँको समग्र विकासतर्फको महत्वपूर्ण पाइला भएको भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका छन् ।