रेडियो मिसन
सिन्धुपाल्चोकमा पर्ने जुगल हिमशृङ्खलाका विभिन्न उचाईको हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने माग गरिएको छ ।
बैठकले पर्वतारोहणका लागि प्रस्ताव गरिएका हिमचुलीहरुको नामाकरण गर्न समेत अनुरोध गरेको छ । जुगल १ (६५९१ मि.), जुगल २ (६५१८ मि.), जुगल ३ (६१८४ मि.) र जुगल ४ (६१२० मि.) नामाकरण गर्न अनुरोध गर्ने निर्णय भएको प्रतिनिधिसभा सदस्य सापकोटाले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य माधव सापकोटा, जुगल गाँउपालिका अध्यक्ष रेशम स्याङ्बो, पर्यटन विभागको महानिर्देशक होमप्रसाद लुईटेल, गृह मन्त्रालयका उप सचिव, प्रमुख नापी अधिकृत लगायतको उपस्थितिमा मंगलबार बैठक गरी आरोहण खुल्ला गर्न पर्यटन विभाग मर्फत संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरिएको हो ।
सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिमाश्रृखलाका विभिन्न उचाईको हिमचुलीहरु पर्वतारोहणका लागि खुला गर्ने सम्बन्धमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको नेतृत्वमा भएको अध्ययन प्रतिवेदन माथि छलफल भएको हो ।
प्रतिवेदनमा समावेश गरिएका हिमालहरु पहुँचका दृष्टिले राजधानीबाट नजिक रहेको, पर्वतारोहणका लागि सहज पदमार्गको पहिचान भएको र मुलुकको आर्थिक तथा सामाजिक विकासमा समेत योगदान पुर्याउने देखिएकोले आरोहणका लागि खुला गर्न पर्यटन विभाग मार्फत नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय गीएको निर्णयमा भनिएको छ ।
६ हजार १ सय ५१ मिटर उचाइको जुगल हिमशृंखला अन्तर्गतको ग्याल्जेन पिक यस अधि दुईपटक आरोहण भईसकेको छ । पहिलो पटक २०७५ चैत २६ मा सफल आरोहण गरिएको थियो । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा पहिलो पटक आरोहण भएको थियो । त्यस्तै दोस्रो पटक २०७७ कार्तिकमा आरोहण गरिएको थियो ।