स्वबियुका लागी इन्द्रावती बहुमुखी क्याम्पसमा ने.बि संघले ग¥यो सङ्गठन दर्ता

* # समाचार समाज सिन्धुपाल्चोक

स्वतन्त्र बिद्यार्थि युनियन २०८१ निर्वाचन प्रकृया अन्तर्गत नेपाल बिद्यार्थी संघले इन्द्रावती बहुमुखी क्याम्पस ईकाइको सङ्गठन दर्ता गरेको छ ।


नेपाली काँग्रेसको विधान, १७ को धारा ४२ र सो को नियमावली, २०७६ को अनुसूची १८ मा व्यवस्था बमोजिम नेपाल विद्यार्थी संघ, नेपाली काँग्रेस पार्टीको भातृ संस्था हो ।


त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन, २०८१ को प्रयोजनार्थ संगठन दर्ता आव्हान भएको हुँदा तहाँ क्याम्पसमा आम विद्यार्थीहरुको पक्षमा अहोरात्र क्रियाशील विद्यार्थी संगठनको रुपमा स्थापित “नेपाल विद्यार्थी संघ“ दर्ता गरीएको नेपाल विद्यार्थी संघ ईन्द्रावती बहुमुखी क्याम्पस कार्यसमितिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

Leave a Reply