ईन्द्रावती बगरमा माझी समुदायकाे महान पर्व काेशि (लदि) पुजा मनाइयाे 

* # जीवन शैली पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

बाेडगाँउ, माझी समुदायहको महान पर्व कोशी (लदि) पूजा  ईन्द्रावती बगरमा धुमधामले मनाइएकाे छ । काेशि पुजा शंरक्षण समिति ईन्द्रावती ११ काे आयाेजनामा कार्यक्रम सम्पन्न भएकाे हाे । 

कोशी पूजाका लागि पूर्वका माझी समुदाय बगरमा भेला भई  खाेला लाई प्रकृतीको देवी मान्दै माछा मार्ने क्रममा कुनै अनिष्ठ नहोस, बाढीबाट कुनै क्षती नपुगोस लगायत आफन्त जनहरुको स्वास्थ्य लाभ र भाइचाराहरु बिचको सदभाव कायम रहोस भन्न कामनाका साथ माझी समुदायहरुले कोशी (लदि) पूजा गर्ने परमपरा रहेको छ ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल सरकारका पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले काेशि पुजा आफैंमा महत्त्वपूर्ण रहेकाे बताउनुभयाे । काेशि पुजा मनाउन अक्षयकोष स्थापनाका लागि व्यक्तिगत तर्फबाट ५१ हजार सहयाेग गर्ने प्रतिवद्धता जनाउनुभयाे । थप सहयाेगिहरूलाई याे अभियानमा जाेड्न आग्रह गर्नुभयाे । माझीहरूले भाेगचलन गर्दै आएकाे जमिन आफ्नाे बनाउन सहज नभएपनि हरेका ठाँउमा कुरा उठाउने प्रमुख अतिथि बस्नेतले बताउनुभयाे । विद्यालयमा मातृभाषा पठन पाठन गर्नकाे लागि आफ्नाे व्यक्तिगत र संस्थागत रूपमा सहयाेग गर्ने उहाँले बताउनुभयाे । भाैतिक विकास तथा अन्य क्षेत्रमा आफुले निरन्तर सहयाेग गरीरहेकाे सांसद बस्नेतले बताउनुभयाे । नदि नियन्त्रणका लागि बजेट व्यावसथापन गरि काम गर्ने बस्नेतको भनाई छ । 

ईन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले नेपालिहरू कला धर्म र संस्कृतिकाे धनी रहेकाे बताउनुभयाे । काेशि पुजा सबैकाे साझा पर्व रहेकाे बताउनुभयाे । काेशि पुजालाइ राष्ट्रिय पर्व बनाई अपनत्व लिने पर्वकाे रूपमा मनाउनुपर्ने उहाँको भनाई थियाे । ईन्द्रावतिमा माझी जातिकाे सघन बसाेवास रहेकाे पालिका भएकाे अध्यक्ष नेपालकाे भनाई छ । माझी जातिकाे जिवनस्तर सुधार गर्नकाे लागि पालिकाले विभिन्न काम गरेकाे उहाँले जानकारी दिनुभयाे । भाैतिक तथा सामाजिक सबैखाले बिकासकाे काम पालिकाले गरेकाे उहाँले बताउनुभयाे । 

वडा नम्बर ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले नदि सभ्यताको लामाे ईतिहास रहेकाे बताउनुभयाे । माझी जातजातिको पर्व मनाउने अक्षयकाेषमा आफुले पनि सक्दाे सहयाेग गर्ने प्रतिवद्धता जनाउनुभयाे । माझी जातिकाे संस्कृति जाेगाउन आफुहरू सदैव तयार रहेकाे उहाँको भनाई थियाे । 

चाैतारा साँगाचाेकगढि नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष रामप्रसाद गाैतमले भाषा धर्म र संस्कृति जाेगाउन सबैतिरबाट लाग्नुपर्ने बताउनुभयाे । चाैताराले सम्पूर्ण माझिहरूकाे स्वास्थ्य बिमाका लागि नगर सभाले निर्णय गरेकाे  उहाँले बताउनुभयाे । 

वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले ईन्द्रावती गाउँपालिकाले लदि पुजाकाे अपनत्व लिनुपर्ने बताउनुभयाे । भाषा, भेषभूषा र संस्कृति जाेगाउन स्थानिय तहले काम गर्नुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

वडा नम्बर ७ का वडा अध्यक्ष रविन्द्र कुमार खातिले माझी जाति साँस्कृतिक रूपमा धनी रहेकाे बताउनुभयाे । माझी समुदाय र माझिकाे भाषा धर्म र संस्कृतिकाे जगेर्नाका लागि राजनीतिक परीवर्तनकाे महत्वपूर्ण भूमिका रहेकाे वडा अध्यक्ष खातिले बताउनुभयाे । 

माझी संघका केन्द्रीय सदस्य केदार माझिले माझी जातिहरू संधै थिचोमिचोमा परेकाे बताउनुभयाे । माझी जातिकाे माैलिक अधिकार यतिबेला खतरामा रहेकाे उहाँको भनाई थियाे । खाेलामा निर्भर रहेकाे माझी जातिले खाेलानालामा आधारीत जिवनशैलि लाेप हुंदै गएकाे बताउनुभयाे । माझी समुदायलाई माथि उठाउन माझि नै नेतृत्वमा जानुपर्ने उहाँले बताउनुभयाे । 

नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकका अध्यक्ष तथा काेशि पुजा शंरक्षण समिति अध्यक्ष अमृत माझीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे । ईन्द्रावती किनारमा भेला भएका माझी समुदायले परेवा, कुखुरा, पाठी, सुँगुर र रागा पाचँवटा जीवको बली दिएका छन् । बलि दिएको पशुको मासुलाई प्रसादका रुपमा खाने प्रचलन रहेकाे छ । 

Leave a Reply