पाँचपोखरी कप फुटबल प्रतियोगिता आजबाट सुरु

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

पाँचपोखरी कप प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । उद्घाटन खेलमा हेलम्बु गाउँपालिकालाई २–१ गोल ले पराजित गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बिजयी सुरुवात गरेको छ । आजको दोस्रो खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाले बलेफी गाउँपालिकालाई पराजित गरेको छ । बलेफी चौतारासँग १–० गोल अन्तरले पराजित भएको हो । त्यस्तै आजको अन्तिम तथा तेस्रो खेलमा सुनकोशी गाउँपालिकाले विजय सुरुवात गरेको छ । सुनकोशीले भोटेकोशी गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै जितबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ४ मा रहेको पेमाथाङ्ग समानता खेलकुद मैदानमा गाउँपालिकाका अध्यक्ष टासी लामा उपाध्यक्ष सुनिता अधिकारी लगायत विभिन्न वडाका जनप्रतिनिधिहरूको उपस्थितिमा प्रतियोगिताको उद्घाटन भएको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष ग्याल्बोसाम्देनले जानकारी दिनुभयो ।

जिल्लाभरिका १० टोली सहभागी प्रतियोगिता २० गतेसम्म सञ्चालन हुने पनि उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेता हुने टोलीले ५० हजार नगदसहित विभिन्न पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply