रेडियो मिसन ।
इन्द्रावती बगरमा घाइते अवस्थामा मृग भेटिएको छ ।
स्थानिय दिपेन्द्र श्रेष्ठ र कमल श्रेष्ठले मेलम्ची खोला र इन्द्रावती खोलाको दोभानमा करिब २० किलो भन्दा बढी तौल भएको भाले रतुवा मृग घाइते अवस्थामा देखेपछी इलाका बन कार्यलय मेलम्चीमा खबर गरेका थिए ।
अगाडी खुट्टाको कुइनामा गहिरो घाउ भएको र नाक तथा मुखबाट रगत बगेको अवस्थामा रहेको उक्त मृगको बन कार्यलयका कर्मचारी रबिन बोम्जन लगायतको टोली गइ उद्दर गरि इलाका बन कार्यलयमा ल्याएर प्राथमिक उपचार गरिएको थियो । मृग जंगली जनावारले आक्रमण गर्न लख्ट्दा घाइते भएको अनुमान गरिएको छ ।
अब उक्त घाइते मृगलाई डिभिजन बन कार्यलय पठाइने बन कार्यलयका प्रमुख बच्चुराम पुडासैनीले जानकारी दिनुभयो ।


