गुणस्तरीय शिक्षा प्राप्त गर्न सामुदायिक विद्यालय राम्रो बनाउनु पर्छ :सांसद तामाङ

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ(समिर)ले संस्थागत विद्यालय भन्दा सामुदायिक विद्यालयमा सेवा सुविधा बढि हुने , दक्ष शिक्षक हुँदा पनि शिक्षा सुधार हुन नसकेको बताउनुभयाे । श्री बालसुधार माविकाे ६७ औं बार्षिकाेत्सवकाे अवसरमा उहाँले साे कुरा बताउनुभएकाे हाे ।

अभिभावकले सामुदायिक विद्यालय राम्रो बनाउने समय आएकाे उहाँले बताउनुभयाे । सामुदायिक विद्यालयमा पढेका धेरै व्यक्ति राम्रो ठाउँमा पुगेको भन्दै सामुदायिक विद्यालय राम्रो बनाउन सकेमात्र शिक्षा सुलभ हुन सक्ने तामाङको भनाई थियाे ।


गुणस्तरीय शिक्षाका लागि शिक्षक र व्यवस्थापन समितिसंगै विद्यार्थी र अभिभावक, जनप्रतिनिधिको भुमिका महत्त्वपूर्ण हुने तामाङको तर्बक थियाे । विद्यालय प्रतिवेदनमा देखिएका सुधार गर्नुपर्ने कुरामा व्यवस्थापन समिति र शिक्षक कर्मचारीले ध्यान दिनुपर्नेमा तामाङले जोड दिनुभयो । उहाँले विद्यालयलाई आवश्यक सहयोग गर्न आफु सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रगती र समस्याहरु प्रस्तुत गर्नुभयो । कार्यक्रममा बिभिन्न पुरस्कार प्रदान समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

Leave a Reply