अब मेलम्चीबाट मातपाेतकाे सेवा पाईने

* # समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको मेलम्ची बजारमा मालपोत कार्यालय स्थापना गरिने भएको छ ।

मेलम्चीमा स्थापना हुने मालपोत कार्यालयको कार्यक्षेत्र मेलम्ची नगरपालिका,पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकाका सबै वडा र इन्द्रावती गाँउपालिकाको साविक सिम्पालकाभ्रे, कुन्चोक र भोटसिपा गाविस हालको वडा १,२,३ र ९ बाहेकका वडाहरु रहने गरि भुमि ब्यवस्थापन तथा अभिलेख विभागमा पठाउने निर्णय गरिएको छ ।

गाउँकार्यपालिका र नगर कार्यपालिकाले निर्णय गरेपछि अर्को आर्थिक वर्ष अर्थात यहि साउन महिनादेखि मेलम्चीमा मालपोत कार्यालय संचालनमा आउने मालपोत कार्यालय चौताराका प्रमुख केशव प्रसाद रिजालले बताउनुभयो ।

Leave a Reply