ईन्द्रावती ३ मा लिफ्ट खानेपानीकाे उद्घाटन, करिव ३ सय नागरिक लाभान्वित हुने

* # जीवन शैली पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

कुञ्चाेक ,

ईन्द्रावती गाउँपालिका वडा नं ३ स्थित राजकुमार स्मृती लिफ्ट खानेपानीकाे उद्घाटन भएकाे छ ।

वुधवार एक कार्यक्रमका बिच ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले साे लिफ्ट खानेपानीकाे उद्घाटन गर्नुभएकाे हाे । ३९ लाख ३ हजारमा साे खानेपानी आयाेजना सम्पन्न भएकाे हाे ।

साे आयाेजनाकाे लागि गाउँपालिका र वडा बाट २६ लाख ५० हजार बिनियाेजन भएकाे थियाे । त्यस्तै JAFS/ AFS संस्था बाट १२ लाख ५३ हजार सहयाेग प्राप्त भएकाे वडा सचिव निराजन गिरिले जानकारी दिनुभयाे ।

स्थानिय सरकार र JAFS/ AFS संस्थाकाे साझेदारीमा साे आयाेजनाकाे निर्माण भएकाे हाे । लिफ्ट खानेपानी बाट ३०० घर लाभान्वित हुने वडा अध्यक्ष भिमसेन थापाले जानकारी दिनुभयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले जापान र नेपालकाे ऐतिहासिक सम्बन्ध रहेकाे स्मरण गर्नुभयाे । जापनीज संस्थाले नेपालकाे निमित्त धेरै काम गरेकाे भन्दै भुकम्प बाट ध्वस्त भएकाे विद्यालयकाे भवन निर्माण, आयआर्जन लगायतका क्षेत्रमा गरेकाे कामकाे अध्यक्ष नेपालले प्रशंसा गर्नुभयाे । “हामी खानेपानीले काकाकुल थियाैँ । ईन्द्रावतीकाे १२ मध्ये ९ वटा वडालाई बृहत् खानेपानीले समेटेकाे छ”, नेपालले भन्नुभयाे । ३ वटा वडा मध्ये ३ नं मा आज खानेपानीकाे उद्घाटन भएकाे उहाँकाे भनाई छ । बृहत् खानेपानीकाे ९५ प्रतिशत काम सम्पन्न भएकाे उहाँले जानकारी दिनुभयाे ।

कार्यक्रमका विशेष अतिथि JAFS/ AFS संस्थाका कन्ट्रि डाईरेक्टर नाेरिकाे अक्षुताले पानी नभई दैनिकि चलाउन असहज हुने भन्दै यश लिफ्टिङ खानेपानीले यहाँकाे नागरिकलाई सहज हुने बताउनुभयाे । सबैजना मिलेर वडा नं ३ लाई राम्राे बनाउन उहाँले शुभकामना दिनुभयाे ।

गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले २ बर्ष अघि दुर्घटनामा परि अल्पायुमै निधन भएकाे राजकुमार बानियाँकाे सम्झनामा खानेपानी आयाेजनाकाे नाम राखिएकाे जानकारी दिनुभयाे । बानियाँकाे जग्गामा खानेपानीकाे मुल रहेकाे छ । लामाे समयदेखि खानेपानीकाे समस्या बाट ग्रसित यश वडामा सुरू भएकाे लिफ्टिङ खानेपानीकाे दिगाेपनकाे लागि समेत आचार्यले शुभकामना दिनुभयाे ।

कार्यक्रममा ईन्द्रावती ३ का वडा अध्यक्ष भिमसेन थापाले खानेपानीबाट जनताकाे मुहारमा खुसी छाउनुका साथै दैनीकीमा परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयाे । यहाँकाे खानेपानीकाे समस्या अव केही हदसम्म समाधान हुने भन्दै अध्यक्ष थापाले मुहान उपलब्ध गराउने राजकुमार बानियाँकाे नाम अमर रहने बताउनुभयाे ।

बजेट व्यवस्थापन देखि मुहान व्यवस्थापन सम्म भुमिका खेल्नुभएका वडा सदस्य दिपक बानियाँलाई कार्यक्रमकाे अवसरमा सम्मान गरिएकाे थियाे । त्यस्तै पानीकाे मुहानदाता बासुदेव बानियाँ, राजु बानियाँ, विजय बानियाँ र प्रजय बानियाँ तथा जग्गादाता डिएन्द्र बानियाँ सम्मानित हुनुभएकाे थियाे । 

जग्गादाता तथा संस्थाका प्रतिनिधिलाई सम्मान गर्नुका साथै मायाकाे चिनाे प्रदान गरिएकाे थियाे । लिफ्ट खानेपानी आयाेजनाकाे निर्माण कार्य सिंहमती कन्स्ट्रक्सन प्रा. लिले गरेकाे थियाे ।

साे उद्घाटन कार्यक्रमकाे सञ्चालन वडा सचिव निराजन गिरिले गर्नुभएकाे थियाे । कार्यक्रममा जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, संस्थाका प्रतिनिधि, समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, स्थानिय लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply