श्री जरायटार साना किसान कृषी सहकारी मेलम्ची ११ को चौँथो बार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन सुरू भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि तथा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले साना किसानको अबधारणा अनुसार सहकारी अगाडी बढेको बताउँदै अझ आफ्नो शाख जोगाउन संचालक समिति लगायत सदस्यहरुको पनि महत्त्वपूर्ण भुमिका हुने बताउनुभयो ।
उहाँले सहकारीलाई सहि ढंगले संचालन गरे किसान र कम आयआर्जन भएकाहरुलाई आय आर्जन वृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उहाँले यहाँ उत्पादन भएका चिजलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै बागमती प्रदेशका पुर्व राज्यमन्त्री इन्द्रमाया गुरुङले संचालक समितिले मात्र चासो राखेर सहकारी अगाडी नबढ्ने भन्दै सेयर सदस्यहरुको सहकारीप्रति चासो हुनुपर्ने उहाँले बताउनुभयो ।
कृषि सहकारी संघ बागमती प्रदेशका सचिव मित्रलाल चौलागाईंले सहकारीको बारेमा जानकारी गराउनुभयो । उहाँले ३ प्रतिशत देखिनै ब्याज पाउने बताउँदै जहाँ पायो त्यहीँबाट ऋण लिने पछि तिर्न अफ्टेरो हुने गरेकाले यसमा सजग हुनुपर्ने बताउनुभयो । उहाँले व्याज, लाभांशबारे सेयर सदस्य सबै जानकार हुनुपर्ने बताउनुभयो । सबै सहकारी नराम्रो नभएको भन्दै चौलागाईंले सहकारी कस्तो हो बुझेर लगानि गर्ने , सहकारीको हरेक गतिविधिमा संलग्न रहन सदस्यहरुलाई आग्रह गर्नुभयो ।चौलागाईंले सहकारीको उदेश्य , सुबिधा र समस्याबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा मेलम्ची -११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ, पुर्व अध्यक्ष रुद्रप्रसाद दुलाल, इन्द्रावती महिला विकास सहकारीका अध्यक्ष कल्पना चालिसे, महिला आत्मनिर्भरता केन्द्रका अध्यक्ष सञ्चमाया स्याङबो, नगर उद्योग बाणिज्य संघ मेलम्चीका अध्यक्ष पुस्करप्रसाद धिताल लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीले लक्षित बर्ग सम्म पुगि सदस्यको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीको ७७१ महिला र ३६० पुरुष गरि ११३१ सदस्य रहेका छन । संस्थाले दुध संकलन केन्द्र स्थापना गरि किसानले उत्पादन गरेको दुध बिक्री समेत गर्दै आएको छ । त्यस्तै पशु बिमा लगायत कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सहकारीको अध्यक्ष शिवप्रसाद भट्टराईले प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयो । सहकारीको आर्थिक प्रतिबेदन व्यवस्थापक नन्दप्रसाद चालिसेले प्रस्तुत गर्नुभएको थियो । सहकारीको अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने निर्वाचन समितिका संयोजक राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
![](https://radiomission.org/wp-content/uploads/2025/01/1000002415-1050x700.jpg)
![](https://radiomission.org/wp-content/uploads/2025/01/1000002416-933x700.jpg)
![](https://radiomission.org/wp-content/uploads/2025/01/1000002417-933x700.jpg)