चौथो हिमालयन इन्टरनेसनल अवार्ड २०८१ पुरुष मोडल तर्फको अवार्ड छिरिङ लामालाई

* # मनोरञ्जन समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
यसबर्षको वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले आयोजना गरेको चौथो हिमालयन इन्टरनेसनल अवार्ड २०८१ मा उत्कृष्ट पुरुष मोडल तर्फको अवार्ड छिरिङ लामाले प्रप्त गर्नुभएको छ । योगेस लामा र लक्ष्मी स्याङ्तानको आवाजमा रहेको ह्योल्मो मेलोडि भाकामा रहेको ङेन्जेन जोम्से दु बोलको कल्चर गितबाट पुरुष तर्फको अवार्ड लामाले हात पार्नुभएको होे । बिगत लामो समय देखि मोड्लिङ क्षेत्रमा कार्यरत लामा अभिनय संगै नृत्य प्रशिक्षकको रुपमा पनि सक्रिय हुनुहुन्छ ।

गत बैशाख २५ गते लिसार रिसेपस्न नक्सालको हलमा भएको उक्त अवार्ड कार्यक्रममा रक्षामन्त्री हरि प्रसाद उप्रेतीको प्रमुख आतिथ्य रहेको थियो भने बरिष्ठ गायिका ज्ञानु राणा, बरिष्ठ कलाकार बसुन्धार भुसाल लागाएत दर्जनौं कलाकारहरुको बाक्लो संख्यामा उपस्थिति रहेको थियो ।

लामाले यस अघि पनि दोस्रो स्टार म्युजिक एण्ड फिल्म अवर्डबाट पनि उत्कृष्ट मोडल पुरुष तर्फबाट पनि अवार्ड प्रप्त गर्नुभएको थियो । लामा संगै विविध बिधाबाट दुई दर्जन भन्दा बडि कलाकारहरुले अवार्ड प्रप्त गरेको थियो ।

Leave a Reply