शिक्षक पेशा प्रति इमानदार हुनु जरुरी छ : नगर प्रमुख तामाङ

एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन सिप विकाससम्बन्धी शिक्षकका लागि दुई दिने क्षमता विकास तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगरपालिकाको समन्वयमा चाइल्ड रेस्क्यु नेपालको सहयोग र साझेदारी नेपालले तालिम आयोजना गरेको हो ।कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङले सिकेका कुरा व्यवहारमा उतार्न शिक्षकलाई आग्रह गर्नुभयो । उहाँले शिक्षकको क्षमताविकासका लागि नगरपालिका […]

Continue Reading

हेलम्बुमा एमालेको तिज विशेष कार्यक्रम

नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा देशभरै, विशेषगरी सहरी क्षेत्रमा, तीज मनाउने तयारी र उत्साह बढेको छ । दिदीबहिनीहरू दर खाने, शुभकामना आदान–प्रदान गर्ने र नाचगानमा रमाउने माहोल देखिएको छ । यसै क्रममा, नेकपा (एमाले) हेलम्बु गाउँपालिका कमिटीले बिहीबार चनौटामा तीजको अवसरमा दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । […]

Continue Reading

महिला सङ्घ इन्द्रावतीद्वारा आयोजित तिज बिशेष कार्यक्रम सम्पन्न

नवलपुर ।नेपाल महिला सङ्घ इन्द्रावती गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम नवलपुरमा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य सीता मिजारको प्रमुख आतिथ्यता तथा महिला सङ्घका गाउँपालिका सभापति तारा माझीको सभापतित्वमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो । प्रमुख अतिथि मिजारले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तीज पर्व शिव र पार्वती भगवानसँग जोडिएको पर्व भएको बताउनुभयो । […]

Continue Reading

बाल संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सुरु

मेलम्ची, भदौ ४ बाल संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने तालिम मेलम्चीमा सुरु भएको छ। मेलम्ची नगरपालिकाको समन्वयमा रिड नेपालले तालिमको आयोजना गरेको हो। तालिमको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले समयअनुसार शिक्षण विधि परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नयाँ प्रविधि र पद्धतिबाट बालबालिकालाई सिकाउन आग्रह गर्नुभयो। उहाँले बालबालिकाको इच्छा र रुचिअनुसार सिकाइ अघि बढाउनुपर्नेमा […]

Continue Reading

जय पाल्चोकी यातायात प्रा.लिद्वारा संचालित इभि भ्यानको औपचारिक उद्घाटन

श्री जय पाल्चोकी यातायात प्रा.लि.को औपचारिक उद्घाटन सम्पन्न भएको छ। आज मेलम्चीमा आयोजित कार्यक्रमबिच उक्त यातायात प्रालिद्वारा संचालित इभि भ्यानको औपचारिक सुरुवात गरिएको हो । उद्घाटन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस भेगका नागरिकले सहज र सुरक्षित यातायात सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यातायात कम्पनी नाफामुखी भए पनि सेवा र सुविधामा प्रतिस्पर्धा गर्नुपर्नेमा […]

Continue Reading

सर्बोच्च पदमा पुगेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुदैनः महासचिव शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्बोच्च पदमा पुगि सकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित नहुने बताउनुभएको छ । मेलम्चीमा आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद बैठकको उद्घाटन गर्दै उहाँले राष्ट्रपति जस्तो पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा आउनु राम्रो नहुने निष्कर्षमा पार्टी पुगेको उहाँको भनाई छ । सोही क्रममा उहाँले एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको […]

Continue Reading

पत्रकारहरुका लागी बालबालिका संवेदनशील सम्बन्धी तालिम चौतारामा सम्पन्न

चौतारा ।“विद्यालयस्तरमा लैङ्गिक हिंसा तथा बालबालिकासम्बन्धी विषयमा नैतिक पत्रकारिता” विषयक दुई दिने तालिम चौतारामा सम्पन्न भएको छ । टुकी एसोसिएसन सुनकोशीको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा हिजो र आज भएको तालिममा पत्रकारहरुलाई विद्यालयस्तरमा हुने लैङ्गिक हिंसा सम्बन्धी मुद्दाहरूलाई संवेदनशीलतापूर्वक प्रस्तुत गर्ने, बालबालिकाको अधिकार र सुरक्षालाई प्राथमिकता दिने तथा समाचार संकलन र […]

Continue Reading

थाइल्याण्डमा मेलम्चीका शशांकलाई रजत पदक

मेलम्ची । थाइल्याण्डमा सम्पन्न आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सिन्धुपाल्चोक मेलम्ची ७ का ११ बर्षीय शशांक तामाङले रजत पदक जित्नुभएकाे छ । २८ देशका ३८ सय भन्दा धेरै खेलाडीहरु सहभागि प्रतियोगिताको पाँचौ समुहमा ११ बर्ष मुनिको व्यक्तिगत पुम्से तर्फ उहाँले उत्कृष्ट प्रर्दशन गर्दै दोश्रो स्थान हासिल गर्न सफल हुनुभयाे । न्यू गोकर्णेश्वर तेक्वान्दो एकेडेमिमा कोच […]

Continue Reading

गाइपाइलेमा सुक्खा पहिरो जाँदा अबरुद्ध सडक खुल्यो

सिन्धुपाल्चोकको पर्यटकीय तथा धार्मिक स्थल पाँचपोखरी पुग्ने अवरुद्ध सडक खुलेको छ । पाँचपोखरी थाङपाल-६ मा पर्ने गाइपाले भन्ने स्थानमा सुक्खा पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो । विहान करिब ९:४० बजे माथितिरबाट पहिरो झर्दा यो सडक अवरुद्ध बनेको थियो । अबरुद्ध सडक १ बजे खुलेको पाँचपोखरी थाङपाल गाँउपालिकाको कर्मचारी युराज भट्टराईले जानकारी दिनुभयो । […]

Continue Reading

सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको उद्घाटन

नवलपुर ।ईन्द्रावती गाउँपालिका वडा नम्बर ८ को सिपापोखरे स्थास्थ्य चौकीमा बर्थिङ सेन्टरको औपचारिक रुपमा उद्घाटन भएको छ । ईन्द्रावती गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा बर्थिङ सेन्टरको उद्घाटन गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष नेपालले बच्चा, आमा र परिवारका लागि वर्थिङ सेन्टर अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । गर्भ परिक्षण सहितको सुविधाबाट बञ्चित रहँदै […]

Continue Reading