६८औं प्रहरी दिवसमा वृक्षारोपण तथा मेलम्ची बजार सरसफाई

रेडियाे मिसन, मेलम्ची मेलम्ची बजार सरसफाई गरि मेलम्चीमा ६८ औं प्रहरी दिवस मनाईएकाे छ । इलाका प्रहरी कार्यालय मेलम्चीकाे अायाेजनामा दिवस मनाइएकाे हाे । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष चन्द्र बहादुर तामाङ, मेलम्ची नगर उद्याेग वाणिज्य संघ, ससस्त्र प्रहरी, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, स्थानिय लगायतकाे उपस्थितिमा बजार सरसफाई गरिएकाे इलाका […]

Continue Reading

बिकास निर्माण र जनसेवाको लागि म सधै तयार छु : मन्त्री दुलाल

रेडियो मिसन ।बाग्मति प्रदेश सरकारका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालले बिकास निर्माण र जनसेवाको लागि म सधै तयार रहेको बताउनुभएको छ । मन्त्री दुलालले काम गर्न कुनै पद नचाहिने बताउँदै पदमा नहुँदा पनि जनप्रतिनिधिको नाताले बिकास निर्माण र जनसेवाको लागि आफू सधै तयार रहेको बताउनुभएको हो । ऐसेलुखर्क माबिको आयोजनामा भएको शुभकामना आदान प्रदान […]

Continue Reading

मेलम्चीका माझी र दनुवार समुदायका लागी झोल साबुन तथा डिटरजेन्ट बनाउने पाँचदिने तालिम

रेडियो मिसन ।झोल साबुन तथा डिटरजेन्ट बनाउने पाँच दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल)को आयोजनामा भएको तालिममा मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ का माझी र दनुवार समुदायका १४ जनाको सहभागिता रहेको परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका शिक्षा […]

Continue Reading

मेलम्ची २ वडा वस्ती स्तरीय फुटबल प्रतियोगितामा निवुगाउँ बस्ती बाल समुह पहिलो

रेडियो मिसन ।मेलम्ची नगरपालिका वडा नम्बर २ को आयोजनामा वडा वस्ती स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ । वडा बाल सन्जालकी अध्यक्ष दीपा सुन्दासको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी मेलम्ची नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष नगेन्द्र प्रसाद खतिवडा र अतिथिहरूमा मेलम्ची वडा न २ का सम्पूर्ण जनप्रतिनिधिहरू, श्री जाल्पादेवी माध्यमिक […]

Continue Reading

ऐसेलुखर्क माबिमा शुभकामना आदान-प्रदान एवम् अभिनन्दन कार्यक्रम सम्पन्न

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा रहेको ऐसेलुखर्क माध्यमिक बिद्यालयले समावेशी चाडपर्व २०८० को अवसरमा शुभकामना आदान प्रदान एवम् बिद्यालयका पुर्व व्यस्थापाक, प्रशासक, शिक्षक र बिशेष क्षेत्रमा उत्कृष्ठता हासिल गरेका पूर्व विद्यार्थी तथा बिशेष सहयोगी व्यक्ति र सामाजिक संस्थाहरुको लागि अभिनन्दन गरेको छ । बाग्मति प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालको प्रमुख […]

Continue Reading

अभयानन्दको ११ औं स्थापना दिवस एवम १० औं बार्षिक क्याम्पस सभा सम्पन्न

अभयानन्द शिक्षा क्याम्पसको ११ औं स्थापना दिवस एवम १० औं बार्षिक क्याम्पस सभा सम्पन्न भएको छ । आज एक कार्यक्रम आयोजना गरी क्याम्पसले बार्षिकोत्सव तथा साधारण सभा गरेको हो । कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि ईन्द्रावति गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले गाँउठाँउमै क्याम्पस हुनु गौरवको विषय भएको बताउनुभएको छ । क्याम्पस सुरुवात गर्न पहल गर्नुहुने सबैप्रति […]

Continue Reading

सिन्धुपाल्चोकमा चाडपर्व लक्षित एक हजारभन्दा बढी प्रहरी परिचालन

रेडियो मिसन ।चाडपर्व नजिकिएसँगै हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ । दशैं, तिहार र छठ पर्वसम्मका लागि जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्थालाई प्रभावकारी बनाउन व्यापक रुपमा प्रहरी परिचालन गरिएको सिन्धुपाल्चोक प्रमुख प्रहरी उपरीक्षक एसपी बाल नर सिंह राणाले जानकारी दिनुभएको छ । जिल्लाका विभिन्न स्थानको […]

Continue Reading

फट्टेमा अस्थाई पुल (ह्युमपाइप) राख्ने कार्य अन्तिम चरणमा

मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजार र नगरपालिकाकै वडा नम्बर ७ र ८ लाई सडकमार्गले जोड्ने स्थान फट्टेमा ह्युम पाइप राख्ने कार्य अन्तिम चरणमा पुगेको छ । चाडवाड नजिकिएको र खोलाको सतह घटे संगै नगरप्रमुख आइतमान तामाङको निर्देशनमा ३ दिन अघि देखि सुरु गरेको अस्थायी पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । २ […]

Continue Reading

इन्द्रावतीमा मेलमिलापकर्ताको लागी ८ दिने आधारभूत तालिम सम्पन्न

रेडियो मिसन ।इन्द्रावती गाउँपालिकामा मेलमिलाप सम्बन्धि ८ दिवसिय ४८ घन्टे आधारभुत तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका न्यायीक समितिको आयोजना र सामुदायिक क्षमता बिकास केन्द्र चौताराको सहजीकरणमा असोज १५ बाट सुरु भएको तालिम आज सोमबार सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यता तथा गाउँपालिकाको न्यायीक समिती संयोजक शोभना तामाङको सभापतित्वमा […]

Continue Reading

मोटरसाइकल दुर्घटनाका घाइतेलाई बाह्रबिसे -काठमाडौं सम्पर्क मञ्चको सहयोग

नेकपा एमाले बाह्रबिसे काठमाडौं सम्पर्क मन्चले आफ्नो आबधिक योजना बनाइ बिभिन्न सिर्जनात्मक काम गर्ने निर्णय गरेको छ । काठमाडौंको नारायण टार स्थित जिल्ला सम्पर्क मन्चको कार्यालयमा शनिबार बसेको बाह्रबिसेको दोश्रो बैठकले यस्ता बिभिन्न निर्णयहरु गरेको हो । बैठकले केहि दिन अघि बाग्मती प्रदेश अबिधेशनको प्रतिनिधि छनोट निर्वाचनमा मतदानका लागी जानेक्रममा मोटर साइकल दुर्घनामा परी काठमाडौंको […]

Continue Reading