रेडियो मिसन ।
नेपाली कांग्रेस ईन्द्रावती गाउँपालिकाले चियापान कार्यक्रम सम्पन्न गरेको छ । आज नवलपुर मा पालिका सभापती जीवन कुमार थापामगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस जिल्ला सभापति जंग बहादुर लामाले पार्टीमा गुट उपगुट नहेरेको बताउनुभयो । “पार्टी भित्र कुनै गुट छैन यहाँ यो गुट उ गुट भन्ने प्रवृत्ति छ, गुट अधिवेशन को बेला मात्रै हुन्छ अधिवेशन सकिएपछि के को गुट लामाले भने गुट उपगुट केही छैन, हामी कांग्रेसी हरु एक हनुपर्छ ।” सभापती लामाले भन्नुभयो । उहाँले पार्टी भित्रको तह तहको जिम्मेवारी पूरा गर्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।
यता महासमिति सदस्य वंशलाल तामाङले यदि साच्चिकै कांग्रेस एकताबद्व हुने हो भने कांग्रेसलाई हराउन कसैले नसक्ने धारणा राख्नुभयो । ३२ सिटको पार्टी माओवादी ले ठुला दललाई ब्ल्याकमेलिङ गरेर अस्वभाविक रूपमा सत्तामा पुगेको उहाँको भनाई थियो । सोहि कारण ठुला दल मिलेको उनले दाबी गर्नुभयो । नेपाली कांग्रेसको एकल बहुमत आएमा मात्र देशले निकास पाउने बताउँदै नेता तामाङले अवको पार्टी सभापती गगन थापा हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा महासमिति सदस्य राजेन्द्र बहादुर गोर्खालीले आफुले सिन्धुपाल्चोक जिल्लामा स्वास्थ्यको क्षेत्रमा धेरै काम गरेको बताउँदै स्वास्थ्य उपचारमा सहुलियत दिलाउने प्रतिवद्वता समेत जनाउनुभयो ।
क्षेत्रिय सभापती तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले कांग्रेस चलायमान बनाउन सबैको योगदान हुनुपर्ने धारणा राखे । “कांग्रेस जिताउन मरिमेटेर लाग्छु,” तामाङले भन्नुभयो ।
कार्यक्रममा पुर्व जिल्ला उपसभापती तथा महासमिति सदस्य शिव सुनारले एकताको लागि चियापान कार्यक्रम गरिएको बताउनुभयो ।
पुर्व जिल्ला सचिव बिल बहादुर तामाङले चियापान कार्यक्रमले नेपाली कांग्रेस एकै ठाउँमा उभिएको सन्देश दिएको बताउनुभयो । जिल्ला सभापति मा लडेका दुई जना लाई आज एकै मंच मा देख्दा एकताको सन्देश दिएको बताउनुभयो । १४ औं जिल्ला अधिवेशन का सभापति भएका जंग बहादुर लामा र सभापति कै अर्का प्रत्यासी बंशलाल तामाङ लाई एकै मंचमा संगै उभिएको देख्दा कार्यकर्ता माझ उज्यालो छाएको उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा एमाले पार्टी प्रतिनिधि डबले लामाले विपि कोइराला असल नेता भएको बताउनुभयो । “सामाजिक सञ्जालमा नेतालाई हेरिनसक्नु गाली गरेको छ,” रास्वपालाई लक्षित गर्दै उहाँले भन्नुभयो “भुसुनाले हात्ती रूवाउँछ भनेको जस्तो परेको छ ।”
त्यस्तै नेकपा माओवादि केन्द्रका नेता वीर बहादुर तामाङले यस्तो चियापान कार्यक्रमले एकतावद्व हुन मद्वत पुग्ने बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै पालिका सभापती जीवन कुमार थापामगरले संगठन चलायमान बनाउन चियापान कार्यक्रम गरेको बताउनुभयो । साथीभाई भेटघाट हुने अवसर समेत जुरेको उहाँको भनाई थियो । दशै तिहार अघि कार्यक्रम राख्ने भनिएतापनि विपद र महामारीका कारण कार्यक्रम ढिला भएको सभापति थापामगरले बताउनुभयो ।
कार्यक्रममा कांग्रेस इन्द्रावतीका उपसभापति अष्टमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अवसरमा नेकपा एमाले परित्याग कांग्रेस प्रबेश गर्नुभएको ईन्द्रावती –९ का नारायण तामाङलाई प्रमुख अतिथी समेत रहनुभएको जिल्ला सभापती जंगबहादुर लामाले स्वागत गर्नुभयो ।