भोटेचौरमा एक लाख राशी पुरस्कारको भलिवल प्रतियोगिता सुरु, पहिलो दिन ४ खेल सम्पन्न

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।

दिपावलीको अवसरमा दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन भोटेचौरमा सुरु भएको छ ।

मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता मुल आयोजक समितीद्वारा आयोजित प्रतियोगिताको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले गर्नुभएको हो ।

प्रतियोगिताको पहिलो दिन चार ओटा खेलहरु भएको आयोजकाले जानकारी दिएको छ । आज भएको उद्घाटन खेलमा वडा नम्बर १० शिखरपुरलाई पराजित गर्दै मेलम्ची ८ खैरेले विजयी सुरुवात गरेको छ । त्यस्तै दोस्रो खेलमा आयोजक भोटेचौरलाई पराजित गर्दै मेलम्ची ९ विजयी भएको छ भने  तेस्रो खेलमा भोटेचौर स्पोर्ट्स क्लबलाई पराजित गर्दै सिर्जनशील युवा क्लब विजय भएको छ ।

चौथो तथा आज भएको अन्तिम खेलमा मेलम्ची ३ हैबुङलाई हराउँदै मेलम्ची ७ दुवाचौर सेल्लेले जित हात पारेको प्रतियोगिताका सह-संयोजक विनोद चौलागाईंले जानकारी दिनुभयो ।
१३ टोली सहभागी प्रतियोगितामा लिग चरण अन्तर्गतका बाँकी खेल भोलि हुने आयोजकका दीपक चौलागाईंले जानकारी दिनुभयो ।

कार्तिक १५ सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

Leave a Reply