सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा बुद्धराज बस्नेत निर्वाचित

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघमा युवा व्यवसायी बुद्धराज बस्नेत अध्यक्षमा निर्वाचित हुनुभएकाे छ। संघको ११ औँ जिल्ला अधिवेशनमा नौ सय चार मत प्राप्त गरेर बस्नेत निर्वाचित हुनुभएकाे हाे।  उहाँका प्रतिद्वन्द्वीद्वय सुमन खत्रीले ६ सय ८४ र शम्भुबहादुर तिमल्सिनाले दुई सय ९७ मत ल्याउनुभयाे। वरिष्ठ उपाध्यक्षमा उमेश प्रधान विजयी हुनुभएकाे छ। उहाँले ८ सय ११ मत प्राप्त गर्नुभएकाे […]

Continue Reading

इन्द्रावती ९ मा साँङखोला डाँडा खेल मैदानको उद्घाटन

रेडियो मिसन ।इन्द्रावती गाउँपालिका ९ मा नव निर्मित साङ्खोला डाँडा खेल मैदानको उद्घाटन गरिएको छ । ईन्द्रावती गाउँपालिका र गैरसरकारी संस्था जय नेपालको साझेदारीमा निर्माण भएको सेभेन ए साईड खेल मैदानको आज पालिका अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभएको हो । खेलमैदानको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपालले समृद्ध इन्द्रावती बन्न एउटा पाटो खेल पनि भएकोले […]

Continue Reading

शितला देवी मन्दिरमा २७ फिट लामो त्रिशुल बन्ने

रेडियो मिसन । १०८ त्रिशूल महाअभियान अन्तर्गतको एक त्रिशूल मेलम्ची नगरपालिका वडा नम्बर १० बगुवा रावलटोलमा रहेको ऐतिहासिक शितला देवी मन्दिरमा स्थापना गरिने भएको छ । वडाध्यक्ष अमृत खनाल र प्रकाश मानव सेवा सांस्कृतिक झाक्री केन्द्रका युवा धर्मगुरु कृष्ण बस्नेतद्वारा संयुक्त रुपमा आज सिलान्यास गरिएको हो । मन्दिरमा २७ फिट लामो त्रिशुलको शिलान्यास संगै मन्दिरका […]

Continue Reading

अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम मेलम्चीमा सम्पन्न

पहिरो पुर्व सुचना प्रणाली परियोजना अन्तर्गत अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका विपद फोकल पर्सनहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाको तर्फबाट सुजन दुलाल,हेलम्बु गाउँपालिका बाट हरिबहादुर श्रेष्ठ,पाँचपोखरी थाङपाल गाउँपालिकाको तर्फबाट नारायण क्षेत्री लगायतले आफ्नो पालिकाले विपदको क्षेत्रमा गरेका […]

Continue Reading

सिन्धु उद्योग वाणिज्य संघमा अध्यक्षका लागी तिमल्सिना, बस्नेत र खत्री भिड्‌दै

रेडियो मिसन ।व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औँ अधिवेशन नजिकिएसँगै नेतृत्वका लागी रस्साकस्सी बढ्दै गएको छ । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष पदसहित वरिष्ठ उपाध्यक्ष, द्धितिय उपाध्यक्ष, सचिव पदाधिकारी र १५ सदस्य पदको लागि आगामी १० गते निर्वाचन हुँदैछ । सोमबार अध्यक्ष पदको लागि शम्भुबहादुर तिमल्सिना, सुमन खत्री र बुद्धराज बस्नेतले उम्मेदवारी […]

Continue Reading

अक्षयश्वरमा आयोजित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा ३६ लाखभन्दा बढी दान/भेटी संकलन

इन्द्रावती गाउँपालिका १० स्थित श्री अक्षयश्वर महादेव मन्दिरमा आयोजित विराट महायज्ञ अन्तर्गत ५४ औं श्रृङ्खला श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ । विराट ज्ञान महायज्ञ १०८ अन्तर्गत यस महायज्ञमा पण्डितद्वय शिव प्रसाद सापकोटा र विष्णुप्रसाद तिमल्सिनाको मुखारवृन्दबाट भागवत पाठ पारायण र कथा विस्तार भएको थियो । भक्तजनहरूले दिवंगत पितृहरूको उद्दार र मोक्षाको कामना […]

Continue Reading

इन्द्रावती ४ को समुदायसँग जनप्रतिनिधि कार्यक्रम नवलपुर माविमा सम्पन्न

रेडियो मिसन, नवलपुर ।समुदायसँग जनप्रतिनिधि कार्यक्रम इन्द्रावती गाउँपालिका वडा नम्बर ४ ले आज नवलपुर माध्यमिक विद्यालयमा सम्पन्न गरेको छ । वडा नम्बर ४ को आयोजना मेलमिलाप केन्द्र वडा नम्बर ४ को सह आयोजना र रेडियो मिसनको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिका मेलमिलाप केन्द्र समन्वय संयोजक दया कुमारी मिश्रको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष […]

Continue Reading

मेलम्ची भेगका बिद्यार्थीहरुका लागि एस एस ईई उत्प्रेरणा कार्यक्रम सम्पन्न

रेडियो मिसन ।एस ईई को अन्तिम तयारीमा रहेका विद्याथीहरुका लागि मेलम्चीमा एस ईई उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको छ । मेलम्ची कम्युनिटी माध्यामिक बिद्यालय र कुमारी कलेज काठमाडौंको आयोजनामा बुधबार मेलम्चीमा भएको कार्यक्रममा यस भेगका मेलम्ची कम्युनिटी माध्यामिक बिद्यालय, प्रगती आंग्रेजी माध्यामिक बिद्यालय, इन्द्रेश्वरी माध्यामिक बिद्यालय, सितला देवि माध्यामिक बिद्यालय, जवलवाइ देवि माध्यामिक बिद्यालय र जालपादेवी […]

Continue Reading

इन्द्रावती ७ मा सञ्चालित एक दिने स्वास्थ्य शिविरमा १२५ जनाले सेवा लिए

रेडियो मिसन ।  इन्द्रावती गाउँपालिका–७ मा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १२५ जनाले सेवा लिएका छन् । बोडगाउँ आधारभूत अस्पताल तथा जय नेपाल सँस्थाको सहयोगमा वडा नम्बर ७ को आयोजनामा बुधवार सम्पन्न शिविरमा ५१ जान पुरुष ७४ जान गरी १२५ जनाले सेवा लिएका  हुन् । शिविरमा भिडियो एक्सरे, स्त्रीरोग, इसिजि, सुगर जाँच, सामान्य […]

Continue Reading

अक्षेश्वरमा आयोजित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा हालसम्म छ लाख ३१ हजार रुपैया संकलन

इन्द्रावती गाउँपालिका १० स्थित श्री अक्षेश्वर महादेव मन्दिरमा आयोजित विराट महायज्ञ अन्तर्गत ५४ औं श्रृङ्खला श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ अन्तर्गत हिजाे तेस्रो दिन सम्म आइपुग्दा हजारौँ श्रद्धालु भक्तजनहरूले सहभागिता जनाइ कथा श्रवण तथा दान गर्नुभएको छ । विराट ज्ञान महायज्ञ १०८ अन्तर्गत यस महायज्ञमा पण्डित द्वय शिव प्रसाद सापकोटा र विष्णुप्रसाद तिमल्सिनाको मुखारवृन्दबाट भागवत […]

Continue Reading