“असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार“ कार्यक्रम मेलम्चीमा सम्पन्न

मेलम्ची । चामुण्डा माध्यमिक विद्यालय जोरपाटी, काठमाडौँले आयोजना गरेको “असल अभ्यास आदानप्रदान तथा समुदायसँग सम्बन्ध विस्तार“ कार्यक्रम मेलम्चीमा भव्य रूपमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख उमा प्रधान, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङ, शिक्षा अधिकृत सुदिनराज बुढाथोकी, शिक्षक महासंघ सिन्धुपाल्चोकका अध्यक्ष कुमार […]

Continue Reading

मेलम्ची १० का उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरु सम्मानीत

मेलम्ची नगरपालिका वडा नम्बर १० का उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरु सम्मानीत भएका छन् । वडा शिक्षा समितिको आयोजनामा आज एक कार्यक्रमका विच सम्मान गरेको हो । श्री सितलादेवी माविमा भएको कार्यक्रममा शिक्षक विद्यार्थी सम्मान तथा विविध कार्यक्रम सम्पन्न भएको छ । अन्तर बिद्यालय स्तरीय कक्षा १–५ को चित्रकला प्रतियोगिता, कक्षा ६ देखी ८ सम्म निबन्ध […]

Continue Reading

सूर्योदय आवि इन्द्रावती–१० का बालबालिकालाई पोसाक वितरण

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १० झुलुङ्गेमा रहेको सूर्योदय आधारभूत विद्यालयका बालबालिकालाई पोसाक वितरण गरिएको छ । मुक्त नेपालको सहयोग तथा सरस्वती आधारभुत विद्यालयका शिक्षक सन्तोष चिन्तन (घिमिरे) को पहलमा ७५ जना बालबालिकालाई टि–सर्ट, ट्रयाकसुट, जुत्तामोजा वितरण गरिएको हो । वडा अध्यक्ष रामचन्द्र घिमिरे तथा चाँगुनारायण नगरपालिका वडा नम्बर ७ भक्तपुरमा रहेको मुक्त नेपाल […]

Continue Reading

भुतपुर्व विद्यार्थी समाजद्वारा आयोजित हाजिरिजवाफमा प्रज्ञा आवि पहिलो

मेलम्ची ७ दुवाचौरमा रहेको बाल सुधार माध्यमिक विद्यालयका भुतपुर्व विद्यार्थीहरुको समुह बाल सुधार मावि भुतपुर्व विद्यार्थी समाजद्वारा आयोजित वडा स्तरीय अन्तरविद्यालय कक्षा ४(५ स्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । वडाका ३ सामुदायिक र १ संस्थागत विद्यालय सहभागी प्रतियोगितामा प्रज्ञा आधारभुत विद्यालय ए का बिद्यार्थीहरु पहिलो भएको छ । त्यस्तै जुगल हिमाल इङलिस स्कुलका समुह […]

Continue Reading

विश्व वातावरण दिवस २०२५ मेलम्चीमा विविध कार्यक्रमसहित मनाइयो

 मेलम्ची । ‘विश्व वातावरण दिवस २०२५’ मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। वातावरण संरक्षण तथा प्लास्टिकजन्य प्रदूषण न्यूनीकरणमा जनचेतना फैलाउने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन गर्दै मेलम्ची -११का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले वातावरणमा दिनानुदिन देखिँदै गएको असन्तुलन र जलवायु परिवर्तनको असरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै   […]

Continue Reading

गाउँपालिका स्तरिय हाजिरिजवाफमा कमलदेवी मावि पहिलाे

नवलपुर । महिनावारी स्वस्च्छता दिवसको अवसरमा ईन्द्रावती गाउँपालिकामा पालिका स्तरीय स्वास्थ्य सम्बन्धि हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा कमलदेवी मावि प्रथम स्थान हासिल गरेकाे छ । त्यस्तै, ऐसेलुखर्क मावि, दोस्रो र सिम्पालेश्वरी माविले तृतीय स्थान प्राप्त गरेको छ । प्रतियोगितामा ईन्द्रावती गाउँपालिकाका १२ वटै माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको थियो । स्वास्थ्य तथा लैङ्गिक सचेतनालाई प्रवर्द्धन […]

Continue Reading

संसारभरीका गोले धुस्कोटमा भेला भई गोले बंशको नवौं राष्ट्रिय भेला सम्पन्न

गोले तामाङ बंश उत्थान समाजको नवौं राष्ट्रिय भेला तथा बाह्रौं बार्षिक साधारण सभा यहि २०८२ जेठ ३ र ४ गते सिन्धुपाल्चोक जिल्लाको धुस्कोटमा सम्पन्न भएको छ । आदिवासी जनजाति तामाङ समुदायको एक विशिष्ट थर गोले थरीको उद्गम थलो तथा आदिम किपट भुमीको रुपमा सिन्धुपाल्चोकको थाङपाल गुन्सा र नुवाकोटको लच्याङलाई मानिन्छ । यस भेलामा छिमेकी मुलक […]

Continue Reading

बहु कक्षा बहु स्तर शिक्षण कार्यक्रम (MGML) इन्द्रावती गाउँपालिकालाई हस्तान्तरण

नवलपुर ।विगत पाँच वर्षदेखि प्रारम्भिक कक्षाको शिक्षण प्रणालीलाई वस्तुपरक र गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालित बहु कक्षा बहु स्तर शिक्षण कार्यक्रम (एम.जि.एम.एल) आज एक विशेष समारोहका बीच इन्द्रावती गाउँपालिकाको स्वामित्वमा हस्तान्तरण गरिएको छ। २०७६ साल पौष ३ गतेदेखि इन्द्रावती गाउँपालिका तथा साझेदार संस्था जर्मन नेपाल सहयोग संघ र विकासका लागि एकताको सहकार्यमा पालिकाका १३ वटा सामुदायिक […]

Continue Reading

उपसभापति दोर्जे लामाद्वारा बृद्धाश्रममा खाद्यान्न सहयोग

चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोकका उपसभापति तथा समाजसेवी दोर्जे लामाले आफ्नो जन्मदिनको अवसरमा चौतारा वृद्धाश्रम सेवा समितिमा खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ। भोटेकोशी गाउँपालिका निवासी लामाले बिहीबार चौतारा नगरपालिका–५ मा अवस्थित वृद्धाश्रममा आश्रित १५ जना वृद्धवृद्धा तथा कर्मचारीलाई भोजन गराउनुका साथै खाद्यान्न सामग्री समेत हस्तान्तरण गर्नुभएको हो। सहयोग स्वरूप उहाँले चामल, दाल, चिनी, बिस्कुटलगायत आवश्यक […]

Continue Reading

महिला हिंसा तथा सामाजिक कुरिती नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न

क्यौरानी ।महिला हिंसा तथा सामाजिक कुरीति नियन्त्रण सम्बन्धी कार्यक्रममा मेलम्ची ८ क्यौरानीमा सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग र टोल विकास संस्थाहरूको आयोजनामा वडा कार्यालयमा भएको कार्यक्रममा महिला आत्मनिर्भरता केन्द्र मांकका अध्यक्ष सञ्चमाया तामाङले महिला हिंसा के हो र यो कसरी हुन्छ, र भइरहेको छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो । उहाँले महिलाहरूले […]

Continue Reading