सिन्धु युएसए सोसाइटीद्वारा सिन्धुपाल्चोक बाट उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थी सम्मानित

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

काठमाडौँ ।
सिन्धु युएसए वेलफेयर्स सोसाइटीले सिन्धुपाल्चोक बाट एसइइ २०८१ मा सलग्न भएर उत्कृष्ट जिपिए ल्याउने बिद्यार्थीलाइ नगदसहित सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा बिद्यार्थीहरुलाइ सम्मान गरिएको हो । विगतमा उत्कृष्ट एक छात्र र छात्रालाई जनही एकाउन्न हजार रुपैयाँँ सहित सम्मान गरिएको थियो । तर, यसपटक सिन्धुपाल्चोकबाट छ जना बिद्यार्थीले जिपिए चार ल्याएको कारण दामासाही रकमसहित सम्मान गरिएको हो । उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य कमल कुमार श्रेष्ठ प्रमुख अतिथी रहेको कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रमा नेतृत्व गरेका व्यक्तिहरुको सहभागी थियो । सस्थाका नेपाल प्रतिनिधि माधव नेपालका अनुसार यसरी सम्मानित भएका छात्रा छात्राहरुमा वालशिक्षा माध्यामिक विद्यालयका तीन जना रहेका छन् । सो बिद्यालय बाट क्रमशः स्मृति नेपाल, सुभेछ्या श्रेष्ठ र मेन्दो तामाङले ४ GPA प्राप्त गरेका थिए ।

त्यसै गरेर प्रशान्त चालिसे प्रगति बोडिङ स्कुल मेलम्ची, फुर्साङ तामाङ रमा मावी लिसन्खु पाखर, रोजिना स्याङतान ज्ञान मन्दिर नमुना मावी मेलचौरले पनि ४ GPA प्राप्त गरेका थिए । उनीहरुलाइ नगद सत्र हजार रुपैयाँ सहित सम्मान गरिएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य सघ सह आयोजक रहेको कार्यक्रम अध्यक्ष बुद्दराज बस्नेतको सभापतित्वमा भएको थियो । यस्तो सम्मान कार्यक्रमले विद्यार्थीको मनोवल बढाउने हुदा आयोजकले सहि काम गरेको सो अवसरमा विशेष अतिथी रहेका उद्योग वाणिज्य महासघका केन्द्रीय सदस्य बेदबहादुर श्रेष्ठले बताउनुभयाे ।

हाल विभिन्न निजि बिद्यालयमा २६ जना विद्यार्थी निशुल्क पढाइरहेको सिन्धु युएसए सोसाइटीका निवर्तमान अध्यक्ष सूर्य खडका लाई सम्मान पनि गरिएको थियो । खडकाकै पालामा उत्कृष्ट विद्यार्थी सम्मान गर्ने काम सुरु भएको हो । उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सघका अध्यक्ष बस्नेतले बताउनुभयाे । जिल्लामा जन्मेर परदेश भएपनि आफूजन्मेको ठाउँका असहाय बालबालिकालाई शिक्षामा केही सहयोग गर्न सकेकोमा खुशी लागेको बर्तमान अध्यक्ष पासाङ नोर्वू शेर्पाको भनाइ छ ।

Leave a Reply