भिम विद्याश्रम माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती भब्यताका साथ मनायो

रेडियो मिसन ।भिम विद्याश्रम माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका–१ बाँसखर्कको ५० औँ वार्षिकोत्सव (स्वर्ण जयन्ती) तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले सम्बोधन गर्दै गुणस्तरीय शिक्षाको विकासका लागी गाउँपालिकाले निरन्तर सहयोग गरिरहेको बताउनुभयो । उहाँले विद्यालयको भौतिक संरचना पूर्ण भएको बताउँदै अब गणस्तरीय शिक्षाका लागी सक्रिय हुन शिक्षक, […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएकाहरुको लागी पनि भत्ता दिने

रेडियो मिसन, नवलपुर ।इन्द्रावती गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएकाहरुको लागी भत्ता दिने भएको छ । आइतवार ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उक्त कुरा बताउनुभएको हो । “अरु पालिकाले ग वर्गको अपाङ्गहरुलाई भत्ता दिएको छैन, ‘क’ र ‘ख’ वर्गकालाई माथीको सरकारले दिन्छ, ग […]

Continue Reading

तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी पुरा

मंसिर १९ र २० गते बाह्रबिसे नगरपालिकाको बाह्रबिसे बजारमा हुने ‘तेश्रो सिन्धु राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०८०’को तयारी पुरा भएको छ । आइतबार पत्रकारसँग भेटघाट गर्दै त्रिपुरासुन्दरी र भोटेकोशी गापा र बाह्रबिसे नगरपालिकाको सहआयोजनामा हुने प्रतियोगिताको तयारी सकिएको सिन्धुपाल्चोक तेक्वान्दो संघले जनाएको छ । सिन्धुपाल्चोक तेक्वान्दो संघका अध्यक्ष प्रेमबहादुर भण्डारीकाअनुसार प्रतियोगितास्थल, बसोबास, प्राविधिक पक्षस्ता अत्यावश्यक काम टुंग्याइएको छ । […]

Continue Reading

मेलम्ची नगरपालिकालाई अपाङ्गमैत्री बनाउन लिफ्ट जडान गर्छाैँ : प्रमुख तामाङ

मेलम्ची, मेलम्ची नगरपालिकामा प्रमुख आइतमान तामाङले नगरपालिकामा एक बर्ष भित्रमा लिफ्ट जडान गर्ने बताउनुभएकाे छ । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा मेलम्ची नगरपालिकाले आयाेजना गरेकाे अन्तरक्रियात्मक कार्यक्रमलाई सम्वाेधन गर्दै प्रमुख तामाङले अपाङ्गमैत्री पालिका बनाउन लिफ्ट जडान गरिने बताउनुभएकाे हाे । “मेलम्ची नगरपालिकामा अर्काे बर्ष सम्म लिफ्ट जडान गर्नेछाैँ । अपाङ्गमैत्री र बालमैत्री नगरपालिका बनाउनेछाैँ”, […]

Continue Reading

कालिजको शिकार गर्न गएका युवकको मृत्यु

चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ मा कालिजको सिकार गर्न गएका एक युवकको मृत्यु भएको छ । स्थानीय १८ वर्षीय फूलकाजी तामाङको घटनास्थलमै मृत्यु भएको हो ।  शनिवार (हिजो) बेलुकी आठ बजे कालिज सिकार गर्न मृतक तामाङ र उनको १५ वर्षीय भाइ भाइ राजा तामाङ स्थानीय जङ्गलमा गएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार […]

Continue Reading

पाँचपोखरीद्धारा अपाङ्गता भएका विद्यार्थीलाई स्वीटर वितरण

३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ७ स्थित भोटेनाम्लाङ माविमाअपाङ्गता भएका १२ जना बालबालिकालाई स्वीटर वितरण गरिएको छ । १८ बर्ष मुनिका विद्यालय जाने शारिरीक र मानसिक रूपमा अपांगता भएका बालबालिकाहरू लाई गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको प्रमुख आतिथ्यता र वडाध्यक्ष सुके तामाङको अध्यक्षतामा आज सो सामग्री वितरण गरिएको महिला बालबालिका […]

Continue Reading

यस्ता छन् मेलम्चीको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गतका कार्यक्रम

मेलम्ची नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको छ ।   जस अन्तर्गत आज दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने मूल नाराका साथ ३२ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।  यस्ता प्रकृतिका कार्यक्रमबाट तल्लो तहमा रहेका  व्यक्तिहरूले प्रत्यक्ष रूपमा […]

Continue Reading

मेलम्चीले गर्याे ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अन्तरक्रिया

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मेलम्ची नगरपालिकाले अन्तरक्रियात्मक कार्यक्रम गरेको । “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता“ भन्ने नारा सहित कार्यक्रम गरिएको हो ।  कार्यक्रमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले  प्याकेजको कार्यक्रमहरू नगरपालिकामा आएमा हामी बजेटको व्यवस्था गर्ने बताउनुभयो । योग्यता र क्षमता अनुसारका रोजगारीको […]

Continue Reading

इन्द्रावतीमा वाईसिएलको दोस्रो सम्मेलन सम्पन्न, अध्यक्षमा प्रदीप तामाङ 

योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) इन्द्रावती गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । आज ज्यामिरेमानेमा एक कार्यक्रम आयोजना गरी वाईसिएलले सम्मेलन गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री युवराज दुलालले देशै भरि पार्टी पुनर्गठनको अभियान चलिरहेको बताउनुभयो । यसै अभियान अन्तर्गत वाईसिएल […]

Continue Reading

इन्द्रावतीमा ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्यताका साथ सम्पन्न

रेडियो मिसन नवलपुर । इन्द्रावती गाउँपालिकामा ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्यताका साथ मनाएको छ । गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समितिको आयोजना तथा सप्रोस नेपाल र महिला आत्मनिर्भरता केन्द्र मांकको आर्थिक सहयोगमा दिवसको मुल समारोह कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले निर्वाचित भएर आएपछि गाउँपालिका तथा वडा […]

Continue Reading