दहीको कतारो खोल्दै ईन्द्रावती साना किसानको छैटौं साधारण सभा सम्पन्न

रेडियो मिसन, नवलपुर । दहीको कतारो खोल्दै ईन्द्रावती साना किसानको छैटौं साधारण सभा सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच सहकारीको साधारण सभा गरीएको हो । कृषि सहकारी किसानको सहकारी भएकाले किसानले उत्पादन गरेको दही राख्ने कतारो खोलि फरक तरीकाले कार्यक्रम सुरुवात गरीएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालले […]

Continue Reading

धौले सिन्धु पर्यटन सहकारीको प्रथम साधारणसभा सम्पन्न

रेडियो मिसन, मेलम्ची । धौले सिन्धु पर्यटन सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा तथा सहकारिमा आवद्ध शेयर सदस्य हरुको बनभोज कार्यक्रम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा मेलम्ची नगरपालिकाको पर्यटकिय स्थल धौलेमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन ब्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले कति पय […]

Continue Reading

इन्द्रावतीमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

इन्द्रावती गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको समन्वयमा हुने पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको यस पटक एसेलुखर्क माद्यामिक बिद्यालयले आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले खेलकुद क्षेत्रमा समृद्दी प्राप्त नगरी मुलुकले आम समृद्धि प्राप्त गर्न नसकिने बताउनुभएको छ । विकास […]

Continue Reading

ज्यामिरे लाँगर्चे सडककाे नगर प्रमुख तामाङद्वारा उद्घाटन

मेलम्ची नगरपालिका वडा नम्बर ९ को साबिक वडा नम्बर १ कृष्ण मन्दिर देखि सुनखानि – लाँगर्चे सडकको आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिलान्यास गर्नुभएको छ । मेलम्ची नगरपालिकाको आ ब २०८०/८१ को बिनियोजित बजेट बाट उक्त सडकको ड्रेन वाल तथा सडक स्तरोन्नति हुनेछ । २ करोड ६२ मा ठेक्का पाएको एस आर बि बिल्डर्स […]

Continue Reading

सिन्धु स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण सम्पन्न

रेडियो मिसन । सिन्धु स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण शुक्रबार भीमटारमा सम्पन्न भएको छ । महिला आत्मनिर्भरता केन्द्र र फेयरमेडको संयुक्त साझेदारीमा स्थानीय तहहरुसँगको समन्वयमा यो कार्यक्रम डेढ वर्षदेखि सञ्चालित छ ।मेलम्ची नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिकामा सञ्चालित कार्यक्रमको सामाजिक परीक्षण भएको हो । कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले पालिकाले स्वास्थ्य […]

Continue Reading

हेलम्बु गाँउपालिकाका सबै वडाका मुख्य सडक कालोपत्रे गर्ने

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सबै वडका मुख्य सडक कालोपत्रे गर्ने भएको छ । पालिका भित्रका ७ वटै वडाका मुख्य सडक कालोपत्रे गर्ने गाउँपालिकाले नीति अघि सारेको हो । पालिकाले बजेटको स्रोत सुनिश्चितताका लागि माथिल्ला निकायसँग पहल गरिरहेको र ५ वर्षभित्र हेलम्बुका सबै ग्रमिण सडकहरु स्तरोन्नती गरिने मुख्य सडक कालोपत्रे गरिने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो। […]

Continue Reading

मेलम्चीमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

मेलम्ची नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज बाट मेलम्चीमा सुरु भएको । प्रतियोगिताको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथी आइतमान तामाङले खेलले खेलाडीहरुलाई अनुशासित बनाउने उल्लेख गर्नुभयो । उहाँले वडा वडामा खेल मैदान बनाउने काम भइरहेको उल्लेख गर्दै मैदान बनेपछि थप खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । प्रमुख तामाङले खेलाडी हरुको […]

Continue Reading

सिपातीनघरे संस्कृत माविमा श्रीमद्भागवत महायज्ञ जारी, बुधबारसम्म १७ लाख भन्दा बढी संकलन

रेडियो मिसन, नवलपुर । श्री सिपातीनघरे संस्कृत माविको १२१ औँ जन्मजयन्तीको अवसरमा सुरु गरिएको श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आज पाँचौँ दिनमा चलिरहेको छ । पुष १ गते देखि सुरु भएको महायज्ञमा बुधवार चौथो दिन सम्म आइपुग्दा १७ लाख भन्दा बढी संकलन भएकोे विद्यालयका प्रधानाध्यापक पुण्य प्रसाद आचार्यले जानकारी दिनुभयो । दैनिक करिव पाँच सय भन्दा […]

Continue Reading

मेलम्चीको पानी पठाउन सुरु

मेलम्ची ।मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु गरिएको छ । मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बुधबारदेखि मेलम्ची नदीको पानी पथान्तरण गरी चाँडै काठमाडौं ल्याउने कार्ययोजनाका साथ निर्माण व्यवसायी परिचालन गरिएको जानकारी दिनुभयो । मंगलबार सचिव आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी […]

Continue Reading

इन्द्रावतीमै बन्ने भयो अन्तराष्ट्रीय ब्याडमिन्टन कवर्डहल

नवलपुर । बागमती प्रदेश सरकारको तीन करोड लागतमा इन्द्रावती गाउँपालिका स्थित राजेश्वरी स्कूल नजिकै सहिद स्मृति अन्तराष्ट्रीय ब्याडमिन्टन कवर्डहल निर्माण हुने भएको छ। बहुबर्सीय योजना अंर्तगत सम्झौता मितिबाट दुइ बर्स भित्र सम्पन्न गर्ने गरी बजेट सुनिश्चितता भएको हो। उक्त अन्तराष्ट्रीय ब्याडमिन्टन कवर्डहलको बजेट सुनिश्चितता भए सगै बोल पत्र आह्वान प्रक्रिया समेत अघि बढी सकेको बागमती […]

Continue Reading