उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीको कार्यालय उद्घाटन

उपभोक्ता हित संरक्षण मञ्च मेलम्चीको कार्यालय स्थापना गरि आज उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची बजारमा कार्यालयको उद्घाटन गर्नुुुभएकाे हाे । कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख तामाङले उपभोक्ता हित संरक्षण मञ्च र नगरपालिका विच सँधै समन्वय रहेको बताउनुभयाे । उहाँले उपभोक्ता हित संरक्षण मन्चलाई प्रत्येक बर्ष केहिमात्रामा भएपनि बजेटको व्यवस्थापन गर्दै […]

Continue Reading

बिनाेद नेपाल स्मृति फाउण्डेसनकाे आयाेजनामा रक्तदान

काठमाण्डाै, बिनाेद नेपाल स्मृति फाउण्डेसनकाे आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । बुढानिलकण्ठ नगरपालिका १० काठमाण्डाैमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । शनिवार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेकाे संस्थाका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयाे । कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा हुने गरेकाे कुरालाई मध्यनजर गर्दै केही हदसम्म रगतको अभाव लाई […]

Continue Reading

शिखरपुर स्वास्थ्य चाैकी भवनकाे नगर प्रमुख तामाङद्वारा शिलान्यास

मेलम्ची नगरपालिका वडा नम्बर १० मा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरिएकाे छ । आज एक कार्यक्रमका बिच मेलम्ची नगर प्रमुख आइतमान तामाङले भवनको शिलान्यास गर्नुभएकाे हाे ।  शिलान्यास गर्दै नगर प्रमुख आइतमान तामाङले संरचना र सेवा दुवै कुरालाई संगसंगै लैजानुपर्ने बताउनुभयाे । समृद्ध मेलम्ची बनाउनकाे लागि स्वास्थ्य क्षेत्रकाे विकास गर्दै जानुपर्नेमा उहाँले जाेड दिनुभयाे । […]

Continue Reading

इन्द्रावती ५ मा ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’

इन्द्रावती गाउँपालिका वडा नम्बर ५ को समन्वय तथा सांस्कृतिक जागरण नेपालको आयोजनामा ‘ज्येष्ठ नागरिक सम्मान कार्यक्रम’ सम्पन्न भएको छ । शनिवार (आज) वडाको बाघखोर,लाफी पिपल्बोट र सुर्यकोटमा ७० वर्ष भन्दामाथिका ८० भन्दा बढी वृद्धवृद्धाहरुलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले ज्येष्ठ नागरिक सम्मानले […]

Continue Reading

ईन्द्रावतीमा स्थानिय विपद व्यवस्थापन समितिको बैठक

इन्द्रावती गाँउपालिकामा पालिका स्तरीय विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । आज गाँउपालिकाका अध्यक्ष तथा ईन्द्रावती गाँउपालिका स्तरीय विपद व्यवस्थापन समितिको संयोजक श्री झम्कनाथ नेपालको संयोजकत्वमा बैठक सम्पन्न भएको हो । बैठकमा मनसूनजन्य विपदको पूर्वतयारी सम्बन्धमा छलफल भएको थियो । बैठकलाई सम्बोधन गर्दै ईन्द्रावती गाँउपालिका अध्यक्ष झम्कनाथ नेपालले ससस्त्र प्रहरी र नेपाल आर्मिलाई तयारी […]

Continue Reading

मेलम्चीमा जलवायुजन्य हानी तथा नोक्सानी र मेलम्ची बाढीको बिषयमा नितिगत छलफल

जलवायुजन्य हानी तथा नोक्सानी र मेलम्ची बाढीको बिषयमा नितिगत छलफल कार्यक्रम मेलम्ची नगरपालिका सभाहलमा सम्पन्न भएको छ ।मेलम्ची नगरपालिकाको आयोजना र प्रकृति रिसोर्सेस सेन्टरको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा मेलम्ची बाढि र त्यसपछि देखापरेको समस्या,कानुनी जटिलता,चुनौती र योजनाका बारेमा छलफल भएको थियो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् आर्थिक […]

Continue Reading

जनताको पक्षमा,आशालाग्दो र भरलाग्दो बजेट निमार्ण गर्नका लागि माओवादी केन्द्र मेलम्चीको आग्रह

नेकपा माओवादी केन्द्र मेलम्ची नगर समितिले विभिन्न माग र सुझाव सहित मेलम्ची नगर पालिकाका प्रमुख आइतमान तामाङलाई ज्ञापन पत्र बुझाएको छ । आज एक कार्यक्रमका बिच नगर समिति अध्यक्ष सिपि दुलाल,सचिव दिनेश गिरी लगायतको टोलिले नगर प्रमुख तामाङलाई ज्ञापनपत्र बुझाएको हो । आफ्ना मागलाई आगामि आर्थिक बर्ष २०८१÷८२को निति तथा कार्यक्रम र बजेटमा समावेश गरी […]

Continue Reading

मेलम्ची नगरपालिकाकाे सुझाव संकलन : कसले के भने ?

मेलम्ची नगरपालिकाले आगामि आर्थिक बर्षकाे बजेट, नीति तथा कार्यक्रम माथि छलफल सम्पन्न गरेकाे छ । हिजाेबाट सुरू भएकाे सुझाव संकलनमा पहिलाे दिन संघसंस्थासंग र आज राजनितीक तथा सराेकारवाला निकायसंग सुझाव संकलन गरेकाे हाे ।  कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख आइतमान तामाङले कृषि,शिक्षा,स्वास्थ्य लगायतका समग्र नगरको विकासका निम्ति आएका सुझावलाई कार्यान्वयन गर्दै अगाडी बढ्ने  बताउनुभयो । […]

Continue Reading

मेलम्ची ९ मा ४५ दिने गलैंचा बुनाई तालिम सम्पन्न

मेलम्ची -९ मा सञ्चालित ४५ दिने गलैँचा बुनाई तालिमको समापन गरिएको छ । “सीप सिकाै स्वराेजगार बनाै” भन्ने मान्यताका साथ मेलम्ची नगरपालिकामा प्रत्येक वडामा आत्मनिर्भर बनाउने अभियानकाे सार्थकता दिन मेलम्ची नगरपालिका वडा न ९ मा बैशाख ९ गते देखि सञ्चालित गरिबी निवारणका लागि लघु उद्घम विकास कार्यक्रम अन्तर्गत सीप विकासका लागि ४५ दिने गलैँचा बुनाई […]

Continue Reading

मेलम्चीमा आगामि आर्थिक बर्षकाे बजेट, नीति तथा कार्यक्रम माथि सुझाव संकलन सुरू

आर्थिक बर्ष २०८१/०८२ काे बजेट, नीति तथा कार्यक्रम माथि सुझाव संकलन एवं वार्षिक याेजना तर्जुमा गाेष्ठी मेलम्चीमा सुरू भएकाे छ । मेलम्ची नगरपालिकाकाे आयाेजनामा साे गाेष्ठी गरिएकाे हाे । २ दिने गाेष्ठी अन्तर्गत बुधवार पहिलाे दिनमा नगरपालिकामा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । महिला आत्मनिर्भरता केन्द्र, सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च, […]

Continue Reading