बाहुनीपाटी ।
दोस्रो जाल्पादेवी खुला फुटबल कप–२०८२ को उपाधि रोयल प्युघरले हात पारेको छ । मेलम्ची नगरपालिका–१२, बाहुनेपाटीस्थित जाल्पादेवी खेलमैदानमा सम्पन्न प्युघरले गोर्खाली जि टिमलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि माथी कब्जा जमाएको हो ।

जाल्पादेवी माझिगाउँ युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा कुल १७ टिमको सहभागिता रहेको थियो भने प्रतियोगिता पाँच दिनसम्म चलेको थियो ।
प्रतियोगितामा विजेता बनेको रोयल प्युघरले १ लाख रुपैया नगद, सिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता गोर्खाली जि ले ५० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र सहित पुरस्कृत भएको छ ।
समापन समारोह मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने १२ नम्बर वडाका अध्यक्ष गणेश बहादुर तामाङ बिशेष आतिथ्यता का साथै विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागीतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल आइडल सिजन ६ की विजेता गंगा सोनामले आफ्नो मनोरञ्जन दिलाएका थिए । साथमा अन्य मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत भएका थिए ।



