मेलम्चीमा आगामि आर्थिक बर्षकाे बजेट, नीति तथा कार्यक्रम माथि सुझाव संकलन सुरू

आर्थिक बर्ष २०८१/०८२ काे बजेट, नीति तथा कार्यक्रम माथि सुझाव संकलन एवं वार्षिक याेजना तर्जुमा गाेष्ठी मेलम्चीमा सुरू भएकाे छ । मेलम्ची नगरपालिकाकाे आयाेजनामा साे गाेष्ठी गरिएकाे हाे । २ दिने गाेष्ठी अन्तर्गत बुधवार पहिलाे दिनमा नगरपालिकामा क्रियाशील संघ संस्थाका प्रतिनिधिहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । महिला आत्मनिर्भरता केन्द्र, सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च, […]

Continue Reading

मेलम्चीमा जलवायु उत्थानसिल परियाेजनाकाे द्राेश्राे फेजकाे कार्यक्रम माथी छलफल

रिड नेपाल द्वारा सन २०२४ देखि २०२६ सम्म मेलम्ची नगरपालिका विभिन्न वडामा सञ्चालन हुने जलवायु उत्थानशिल परियाेजनाकाे द्राेश्राे फेजकाे कार्यक्रमकाे प्रस्तावित कृयाकलापहरू सार्वजनिकरण तथा योजना बारे छलफल गरेको छ । कार्यक्रममा रिड नेपालका अनुगमन तथा मुल्यांकन प्रबन्धक उपेन्द्रराज जोसीले विगतका दिनमा संस्थाले गरेका काम र दोस्रो फेजमा गर्ने कामको बारेमा जानकारी गराउनुभयो । विपद प्रभावित […]

Continue Reading

मनसुन सुरु भएसँगै मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिने 

मनसुन सुरु भएसँगै मेलम्चीको पानी काठमाडौं पठाउन बन्द गरिने भएको छ । यहि जेठ ३१ गतेदेखि मेलम्चीको पानी बन्द हुने भएको हो । जेठको दोस्रो सातादेखि नै मेलम्ची खोलाको पानी धमिलो हुँदै गएकाले जेठ ३१ गतेदेखि आयोजनाको सुरुङमा पानी पठाउने काम (पथान्तरण) रोकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । जेठ ३१ देखि नै नेपालमा […]

Continue Reading

बलेफीमा उपाध्यक्षसंग सुत्केरी भेटघाट कार्यक्रम, १ सय ३० आमा लाभान्वित

सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा मातृ–शिशु कार्यक्रम अन्तर्गत ‘उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम’ बाट १ सय ३० आमा लाभान्वित भएका छन्। ८ वटा वडा रहेको यस पालिकामा आर्थिक वर्ष २०८०/१ मा विनियोजन गरेको बजेटबाट सुत्केरी र शिशुको पोषण सुधारलाई मख्य उद्देश्य बनाएर कार्यक्रम गरेको उपाध्यक्ष सरु लामा तामाङले बताउनुभयाे। लामाका अनुसार सुत्केरी आमाहरुलाई पौष्टिक आहारसहित सरसफाई किटको प्याकेट […]

Continue Reading

पाँचपोखरीमा नमुना युवा संसद अभ्यास सम्पन्न

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नमुना युवा संसद अभ्यास गरिएको छ ।   युवालाई संसदीय अभ्यास सिकाएर आफ्ना विचार स्वस्थ ढंगबाट प्रस्तुत गर्न, युवामा प्रजातान्त्रिक आचरणको विकास गराउने तथा प्रतिनिधि सभामा नीति निर्माण गर्ने प्रक्रियाको बारेमा अवगत गराउने उद्देश्यले नमुना युवा संसद आयोजना गरेको गाउँपालिका खेलकुद विकास समितिका संयोजक ग्याल्बो साम्देनले जानकारी दिनुभयो । संसद अभ्यासमा […]

Continue Reading

बढ्दाे गर्मि छल्ने गन्तव्य बन्दै ईन्द्रावती नदी

गर्मी बढेसँगै सिन्धुपाल्चोक मेलम्ची बजारनजिकै रहेको इन्द्रावती नदी पौडी खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटक रोजाइ बन्न थालेको छ । केटाकेटी, युवादेखि वृद्धहरु अहिले इन्द्रावती नदीमा पुग्ने गरेका छन् । काठमाडौँ उपत्यकाबाट नजिकको गन्तव्य इन्द्रावती नदीमा पौडी खेल्दै मेलम्चीको लोकल माछाको स्वादमा रमाउने पर्यटक थुप्रै भेटिन्छन् । विशेषत शुक्रबार र शनिबार मेलम्चीमा बाक्लै भिड लाग्ने […]

Continue Reading

तोकिएको समयमा मध्यभोटेकोशीले विद्युत् उत्पादन गर्न सकेन

१०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाले गत पुस मसान्तसम्म विद्युत् उत्पादन सुरु गर्ने घोषणा गरेको थियो। तर, ६ महिना बितिसक्दा पनि पूर्वघोषित काम कार्यान्वयनमा आएन। विद्युत् उत्पादन नहुनुमा आन्तरिक र बाह्य थुप्रै कारण छन्। मुख्य कारण सुरुङबाट पानी चुहियो। पावरहाउस नजिकैदेखि बोर्डरल्यान्डसम्मको एक किलोमिटर क्षेत्रमा सुरुङ चिराचिरा परेकाले पानी लिकेज भएको हो। बाँधस्थलबाट पावरहाउससम्म जम्मा सात किलोमिटर सुरुङ […]

Continue Reading

गर्मी बढेपछि चौताराको रत्नगंगा माविले बिदा दियो

पछिल्लो समय अत्याधिक गर्मी बढ्न गइ मौसम प्रतिकूल हुन थालेपछि सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारास्थित एक विद्यालयले बिदा दिइएको छ । बढ्दो गर्मीको कारण देखाइ विद्यालयले जेठ २९ गतेदेखि जेठ ३२ गतेसम्म बिदा दिएको हो । चौतारा साँगाचोकगढी नगरपालिका ५ नम्बर वडा शिक्षा समितिको सोमबार बसेको बैठकले ४ दिन बिदा दिने निर्णय गरेको विद्यालयले जनाएको छ […]

Continue Reading

मेलम्ची नगरपालिकाकाे प्रवक्तामा राजु रायमाझी

मेलम्ची नगरपालिकाको प्रवक्तामा राजु रायमाझी नियुक्त हुनुभएकाे छ ।  आज बसेको नगर कार्यपालिकाको बैठकबाट मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रायु रायमाझीलाई प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो ।  मेलम्ची नगरपालिकाकाे नगर प्रमुखका स्वकिय सचिव मानकाजी पाख्रीनले मेलम्ची नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजु रायमाझीलाई कार्यपालिका बैठकले प्रवक्तामा नियुक्त गर्ने निर्णय […]

Continue Reading

सिन्धुकोट स्वास्थ्य चौकीको मेलम्ची नगर प्रमुख तामाङद्धारा उद्घाटन

मेलम्ची नगरपालिका वडा नम्बर ५ मा रहेको सिन्धुकोट स्वास्थ्य चौकीको मेलम्ची नगर प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभएको छ । आज एका कार्यक्रमका विच स्वास्थ्य चौकीको उद्घाटन गरीएको हो । कार्यक्रममा प्रमुख अतिथी तथा नगर प्रमुख आइतमान तामाङले निर्माणको क्रममा केही कमी कमजोरी भएकाले भवन उद्वाटन ढिला भएपनि नागरिकले धेरै नै लाभ लिन सक्ने बताउनुभयो । […]

Continue Reading