समुदायमा आधारित सामुदायिक विपद व्यवस्थापन समितिको अन्तरकृया मेलम्चीमा सम्पन्न

समुदायमा आधारित सामुदायिक विपद व्यवस्थापन समितिको अन्तरकृया कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको आठ वटा सामुदायिक विपद व्यवस्थापन समिति र हेलम्बुको छ वटा विपद व्यवस्थापन गरि १४ वटा सामुदायिक विपद व्यवस्थापन समितिका अध्यक्ष र पूर्व सूचना प्रणाली संयोजकहरूकाे उपस्थिति थियो । कार्यक्रममा मेलम्ची नगरपालिका विपद शाखा प्रमुख सुजन दुलाले सामुदायिक विपद व्यवस्थापन समितिको काम […]

Continue Reading

बूढी चौर कप फुटबल प्रतियोगिताको उपाधिको लागी आयोजकको ए टोली र इन्द्रावती ५ भिड्ने

रेडियो मिसन, नवलपुर । प्रथम सेभेन ए साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको उपाधिको लागी आयोजकको ए टोली र इन्द्रावती ५ बिच प्रतिस्पर्धा हुने भएको छ । आज भएको पहिलो सेमिफाइनलमा आयोजकको ए टोलीले इन्द्रावती १२ को ए टोलीलाई २-० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । त्यस्तै अर्को सेमिफाइनल खेलमा इन्द्रावती ९ […]

Continue Reading

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासनिक भवन पूर्व प्रधानमन्त्री केपी ओलीद्वारा उद्घाटन 

रेडियाे मिसन, पाँचपोखरी सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासनिक भवन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमका पालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको हो ।  कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पालिकाको सुविधा सम्पन्न भवनबाट नागरिकले छिटो, छरितो र सहज सेवा पाउनुपर्नेमा जोड दिनुभयो । विविध सकारात्मक […]

Continue Reading

बूढीचौर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा

रेडियो मिसन, नवलपुर ।  इन्द्रावती सेभेन ए साइड इन्द्रावती बूढी चौर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । इन्द्रावती ५, इन्द्रावती १२ को ए टोली, आयोजक सृजनशील युवा समाज र इन्द्रावती ९ सेमिफाइनलमा पुगेका हुन् । यी टोलीले क्रमशः सिएन युवा क्लब इन्द्रावती ९, इन्द्रावती ३, इन्द्रावती ११ बि र इन्द्रावती ११ को […]

Continue Reading

“समुदायमा काँग्रेस” अभियान : सिन्धुपाल्चोकले पनि वडा तहसम्म प्रतिनिधि खटाउने

रेडियो मिसन ।  आजदेखि नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर काँग्रेसले आजदेखि औपचारिक रूपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने काँग्रेसले जनाएको छ । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरू खटाइएको छ । यही अभियानअन्तर्गत महामन्त्री […]

Continue Reading

बूढी चौर कप 7A साइड फुटबल प्रतियोगितामा तेस्रो दीन ५ खेल सम्पन्न

इन्द्रावती सृजनशील युवा समाज द्वारा आयोजित प्रथम गाउँपालिका स्तरीय सेभेन ए साइड इन्द्रावती बूढीचौर कप फुटबल प्रतियोगिता २०८० मा आज तेस्रो दिन ५ खेल भएका छन् । आज भएको पहिलो खेलमा गोल्मादेबी गैरीगाउँ तामाङ समाज र सि एन युथ क्लब इन्द्रावती ९ को खेल १ १ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो […]

Continue Reading

एमाले अध्यक्ष ओलीले पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्ने

नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माघ १७ गते बुधबार पाँचपोखरी थाङ्पाल गाउँपालिकाक‍ो प्रशासनिक भवन उद्घाटन गर्नुहुने भएकाे छ । भवन उद्घाटन कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिका बासीहरू लगायत सम्पुर्णमा उपस्थितीको लागि गाउँपालिकाले निमन्त्रणा गरेकाे छ । भवन उद्घाटन गर्न आउन लाग्नुभएका ओलीले सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीको दर्शन गर्ने बताईएकाे छ। ओली बुधबार हेलिकप्टरबाट […]

Continue Reading

पाँचपोखरीमा मदिरा विक्री तथा प्रयोगमा रोक

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले मादक पदार्थ सेवन तथा बिक्रीवितरणमा रोक लगाएको छ । पालिकाले यहि माघ १५ गतेदेखि १८ गतेसम्मका लागि गाउँपालिकाभरीका सार्वजनिक स्थल, होटल तथा पसलमा मादक पदार्थ विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो । माघ १७ पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ […]

Continue Reading

पाँचपोखरीकाे प्रशासनिक भवन उद्घाटन नेपाली कांग्रेसद्वारा बहिष्कार

पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोजना गरेको प्रशासनिक भवन उद्घाटन कार्यक्रम नेपाली काँग्रेस पाँचपोखरी कार्यसमितिले बहिष्कार गर्ने भएको छ । गाउँपालिका सभापति प्रेम दोङ द्धारा जारी प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । पार्टीगत स्वार्थ झल्कनेगरी पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भवन उद्घाटन गर्न लागिएको भन्दै नेपाली कांग्रेस पाँचपोखरी थाङ्पाल गाउँपालिकाले उद्घाटन कार्यक्रम बहिष्कार गर्ने प्रेस विज्ञप्तिमा भनिएको […]

Continue Reading

दलित समन्वय समितिद्वारा आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

रेडियो मिसन ।पाँचपोखरी थाङपाल गाउँपालिका दलित समन्वय समितिद्वारा आयोजित क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सोमबार सम्पन्न भएको छ । समापन कार्यक्रमका प्रमुख अतिथि पालिका उपाध्यक्ष सुनिता अधिकारीले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो कार्यक्रमा उहाँले सहभागीहरुलाई सिकेका कुरा व्यवहारमा लागू गर्नका लागि अनुरोध गर्नुभयो । व्यवहार परिवर्तनबाट नै समाजमा परिवर्तन आउने कुरामा जोड दिँदै […]

Continue Reading