बाल सुधार मा. बि. भूतपूर्व विद्यार्थी समाजको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक


रेडियो मिसन । “रुख रोपौँ,स्वच्छ ,सफा र हराभरा वातावरणको निर्माण गरौँ” भन्ने नारा र “१ टोल १ चौतारो , १ व्यक्ति ५ विरुवा “भन्ने अभियानका साथ बाल सुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाजको आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष पासाङ तामाङ, पुर्व वडा अध्यक्ष ग्यानेन्द्र श्रेष्ठ, बिद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद श्रेष्ठ, वडा सदस्य श्रीकृष्ण श्रेष्ठ, शिक्षकहरु लगाएतको उपस्थिति मा बृक्षारोपण गरिएको हो ।

भूतपूर्व विद्यार्थीहरुको यो बृक्षारोपण जस्तो उदाहरणीय कार्य भएको बताउँदै बोट बिरुवा तथा वातावरण संरक्षण गर्नु सबैको कर्तव्य भएको वडा अध्यक्ष पासाङ तामाङको भनाई छ ।
रुख भावी पुस्ताको महत्त्वपूर्ण सम्पत्ति भएकोले यसको संरक्षणमा सबै लाग्नुपर्ने पूर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।
बिद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद श्रेष्ठले
भूतपूर्व विद्यार्थीहरुले गरेको यस कार्य भोलिका भाइबहिनीले समेत सिक्ने सकारात्मक पक्ष भएको बताउँदै यस कार्यको प्रसंसा गर्नुभयो ।
संस्थाको यस कार्य एउटा शुभारम्भ भएको बताउँदै आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्न तत्पर रहेको विद्यार्थी समाजका अध्यक्ष प्रदिप पुरीले बताउनुभयो ।
निरन्तरको भारी वर्षाको बाबजुद पनि उपस्थिति भएर वृक्षारोपण कार्यक्रम सफल बनाउन लाग्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सब डिभिजन बन कार्यलय मेलम्चीबाट प्राप्त समि, वर, पिपल, चाँप, कपुर, अमला, तेजपात,कल्की, अम्बा, किङ्पाम, धुपी, कटर लगायत सँस्थाले खरिद गरि ल्याइएका गरी करिब १५० हराहारीमा बिरुवाहरु रोपिएको अध्यक्ष पुरिले जानकारी दिनुभयो ।

स्वच्छ वायु, सुन्दर भविष्य, हराभरा वातावरणका लागि बोटबिरुवाको महत्वपूर्ण भुमिका हुने भएकोले अहिले बिद्याल हाताभित्र, वडा कार्यालय, वडा भित्रका चौतारो, भञ्ज्याङ तथा बिसौना, पाउना घर लगायत सार्वजनिक स्थलहरुमा तथा मन्दिर आसपासमा बिरुवा रोपिएको हो ।

मेलम्ची ७ दुवाचौरमा रहेको बाल सुधार माध्यमिक बिद्यालयमा अध्ययन गरि हाल विभिन्न स्थानमा छरिएर रहेकाहरु एकीकृत भइ गठन भएको भूतपूर्व विद्यार्थी समाजको आयोजनामा उक्त बृक्षारोपण गरिएको हो ।

Leave a Reply