बहु कक्षा बहु स्तर शिक्षण कार्यक्रम (MGML) इन्द्रावती गाउँपालिकालाई हस्तान्तरण

नवलपुर ।विगत पाँच वर्षदेखि प्रारम्भिक कक्षाको शिक्षण प्रणालीलाई वस्तुपरक र गुणस्तरीय बनाउने उद्देश्यले सञ्चालित बहु कक्षा बहु स्तर शिक्षण कार्यक्रम (एम.जि.एम.एल) आज एक विशेष समारोहका बीच इन्द्रावती गाउँपालिकाको स्वामित्वमा हस्तान्तरण गरिएको छ। २०७६ साल पौष ३ गतेदेखि इन्द्रावती गाउँपालिका तथा साझेदार संस्था जर्मन नेपाल सहयोग संघ र विकासका लागि एकताको सहकार्यमा पालिकाका १३ वटा सामुदायिक […]

Continue Reading

उपसभापति दोर्जे लामाद्वारा बृद्धाश्रममा खाद्यान्न सहयोग

चौतारा । नेपाली काँग्रेस सिन्धुपाल्चोकका उपसभापति तथा समाजसेवी दोर्जे लामाले आफ्नो जन्मदिनको अवसरमा चौतारा वृद्धाश्रम सेवा समितिमा खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ। भोटेकोशी गाउँपालिका निवासी लामाले बिहीबार चौतारा नगरपालिका–५ मा अवस्थित वृद्धाश्रममा आश्रित १५ जना वृद्धवृद्धा तथा कर्मचारीलाई भोजन गराउनुका साथै खाद्यान्न सामग्री समेत हस्तान्तरण गर्नुभएको हो। सहयोग स्वरूप उहाँले चामल, दाल, चिनी, बिस्कुटलगायत आवश्यक […]

Continue Reading

महिला हिंसा तथा सामाजिक कुरिती नियन्त्रण सम्बन्धी कार्यक्रम सम्पन्न

क्यौरानी ।महिला हिंसा तथा सामाजिक कुरीति नियन्त्रण सम्बन्धी कार्यक्रममा मेलम्ची ८ क्यौरानीमा सम्पन्न भएको छ । वडा कार्यालयको आर्थिक सहयोग र टोल विकास संस्थाहरूको आयोजनामा वडा कार्यालयमा भएको कार्यक्रममा महिला आत्मनिर्भरता केन्द्र मांकका अध्यक्ष सञ्चमाया तामाङले महिला हिंसा के हो र यो कसरी हुन्छ, र भइरहेको छ भन्ने बारेमा जानकारी गराउनुभएको थियो । उहाँले महिलाहरूले […]

Continue Reading

जलवाई देवीमा “विद्यालय क्षेत्रमा मदिरा एवं सूर्तीजन्य पदार्थ बिक्री वितरण नियन्त्रण” सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न

क्यौरानी ।जलवाई देवी माध्यामिक बिद्यालय मेलम्ची ८ ले “विद्यालय क्षेत्रमा मदिरा एवं सूर्तीजन्य पदार्थ बिक्री वितरण नियन्त्रण” सम्बन्धि सचेतना मुलक कार्यक्रम गरेको छ । मेलम्ची नगरपालिका ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडा बाल संजाल द्वारा आयोजना गरिएको कार्यक्रममा वडा कार्यवहाक अध्यक्ष इन्द्रबहादुर गिरीले मापदण्ड भित्र परेका ब्यवसायीहरुलाई यसबारे जानकारी गराएको र यसको ख्याल गरिदिन […]

Continue Reading

प्रदेश सरकारको ३० लाख लागतमा बन्ने लङ्गुरे डाँडा सामुदायिक भवनको सिलान्यास

भिरकुना ।मेलम्ची नगरपालिका ८ स्थित लङ्गेरे डाँडा सामुदायिक भवनको सिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट बन्ने सामुदायिक भवनको बागमती प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समीर) र नगर प्रमुख आइतमानले संयुक्त रुपमा सिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा वडाअध्यक्ष जितबहादुर तामाङ, वडाका जनप्रतिनिधिहरु र स्थानीयको सहभागिता […]

Continue Reading

हेलम्बुकी सदिक्षा “देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८१” बाट सम्मानित हुने

सदिक्षा पण्डित “देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार २०८१” बाट सम्मानित हुने हुनुभएकाे छ। सिन्धुपाल्चोक हेलम्बुकी ११ वर्षीया सदिक्षा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ र सामाजिक विषयहरूमा लेखन तथा सक्रियताका लागि चिनिनुहुन्छ। उहाँको लेखनले बालविवाह, महिला हिंसा, जातीय भेदभाव, महिनावारी र वातावरणीय मुद्दाजस्ता सामाजिक समस्याहरूलाई उजागर गरेको छ। यस योगदानका कारण उनलाई त्रिदेव पौडेलसँग संयुक्त […]

Continue Reading

नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपालद्वारा शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता

पाँचपोखरी । पाँचपोखरी थाङपाल, सिन्धुपाल्चोक – बिभिन्न माग सहित आन्दोलनमा रहेका शिक्षकको मागप्रति नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल समितिले ऐक्यबद्धत जनाएको छ। समितिले आन्दोलन स्थलमै पुगेर आन्दोलनरत शिक्षकहरूप्रति समर्थन जनाएको हो। माओवदी केन्द्रका पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष दिलबहादुर वाइबाका अनुसार माओवादी केन्द्रले आन्दोलनरत शिक्षकहरूका मागप्रति पूर्ण समर्थन जनाउँदै शैक्षिक क्षेत्रमा सुधार र शिक्षकहरूको हक–अधिकार सुनिश्चित […]

Continue Reading

मेलम्ची नगरपालिकाद्वारा विद्यालय शिक्षा ऐन जारी गर्ने वातावरण निर्माण गर्न सरकारकाे ध्यानाकर्षण

मेलम्ची । शिक्षक–कर्मचारीहरूको आन्दोलनका कारण उत्पन्न संकटलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाले ‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन’ जारी गर्ने वातावरण निर्माण गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।देशभरका शिक्षकहरू विद्यालय नै बन्द गरी राजधानी केन्द्रित आन्दोलनमा सहभागी भई शैक्षिक हड्ताल गरिरहेका कारण माद्यमिक शिक्षा (एसइई) परीक्षा र आधारभूत तह (कक्षा- ८) को […]

Continue Reading

आधारभूत तह उत्तीर्ण परीक्षामा हेलम्बुका ९० दशमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण

हेलम्बु । हेलम्बु गाउँपालिकाले २०८१ को आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा प्रकाशन गरेको छ। चैत्र ७ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको परीक्षाको परीक्षाफल गाउँपालिकाले आज प्रकाशन गरी सार्वजनिक गरेको हो। जसमा ९० दशमलव ३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २६९ विद्यार्थीहरू मध्येबाट २४३ जना उत्तीर्ण भएको गाउँपालिकाले जनाएको छ। त्यस्तै […]

Continue Reading

नवलपुर भ्याली स्कुलको अभिभावक दिवस, दिक्षान्त एवं सम्मान कार्यक्रम सम्पन्न

नवलपुर ।नवलपुर भ्याली स्कुल इन्द्रावती ४ को अभिभावक दिवस, दीक्षान्त एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रगानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माइला) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाइ राख्दै उहाँले विज्ञानको युगसँगै शिक्षण सिकाइलाई डिजिटलाइज गर्न पर्ने समय आएको बताउनुभयो । साथै निजी विद्यालयहरूले बहुआयामिक सिकाइमा जोड दिने गरेको बताउँदै यो सकारात्मक […]

Continue Reading