बागमती प्रदेश नीति तथा याेजना आयाेगले गर्याे सिन्धुपाल्चाेकमा दुई जिल्लाकाे गाेष्ठी

सुकुटे, सिन्धुपाल्चाेक बागमती प्रदेश नीति तथा याेजना आयाेगले बुधवार आ.व २०८२/२०८३ काे जिल्ला स्तरीय वार्षिक याेजना तर्जुमा सम्बन्धी गाेष्ठी सिन्धुपाल्चाेकमा गरेकाे छ । सिन्धुपाल्चाेक र दाेलखा जिल्लाका सबै पालिका र जिल्ला समन्वय समितिलाई सिन्धुपाल्चाेककाे सुकुटेमा भेला गरेर आगामी आर्थीक बर्षकाे लागि कस्ताे नीति तथा याेजना बनाउने भन्ने बिषयमा छलफल भएकाे याेजना आयाेगका उपाध्यक्ष डा. गंगादत्त […]

Continue Reading

मेलम्ची नगरपालिकाका क्रसर उद्योगहरुको अनुगमन : मापदण्ड पालना गर्न आग्रह

मेलम्ची नगरपालिकाका क्रसर उद्योगहरुको अनुगमन गरीएको छ । प्रदेश शुसासन कार्यान्वय सम्वन्धि अध्ययन उपसमिति र मेलम्ची नगरपालिका द्वारा संयुक्त रूपमा क्रसर उद्योगहरुको अनुगमन गरीएकाे राजश्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । ८ क्रसर मध्ये, ३ क्रसर उद्योगहरुको अनुगमन गरिएको हो । प्रदेश शुसासन कार्यान्वय सम्वन्धि अध्ययन उपसमितिका सदस्य प्रभात तामाङले खोला गहिरो नहँदासम्म खेतबारी […]

Continue Reading

नौली महादेव महिला सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

श्री नौली महादेव महिला विकास बचत तथा सहकारी संस्था लिमिटेड को १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज इन्द्रावती गाउँपालिका कि उपाध्यक्ष शोभाना तामाङको प्रमुख आतिथ्य तथा इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल र इन्द्रावती गाउँपालिका वडा ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ को विशेष आतिथ्यमा संस्थाको कार्यालय नवलपुर मा साधारणसभा सम्पन्न […]

Continue Reading

पूर्वाधार समितिद्वारा अरनिको लोकमार्गको अनुगमन, स्तरोन्नतिका लागि सरकारलाई लिखित निर्देशन दिने

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले   अरनिको लोकमार्ग अन्तरगत बिभिन्न भागको अनुगमन गरेको छ ।  काठमाडौंदेखि चीनसँगको सिमानाका लिपिङसम्मपुगेर आइतबार र सोमबार संसदीय समितिका ११ सांसदले सडकका विभिन्न खण्डको स्थलगतअनुगमन गरेका हुन् । अनुगमनका क्रममा विभिन्न स्थानमा सडकको अवस्था निकै नाजुक रजिर्ण पाइएको भन्दै समितिले सम्बद्ध पक्षलाई बैठकमा बोलाएर छलफल गर्ने एवं सरकारलाईलिखित निर्देशन दिने भएको छ […]

Continue Reading

मेलम्ची नगर उद्योग वाणिज्य संघकाे अध्यक्षमा पुन: पुष्कर धिताल चयन

मेलम्ची नगर उद्योग वाणिज्य संघकाे अध्यक्षमा पुन: पुष्कर प्रसाद धिताल निर्वाचित हुनुभएको छ । आज भएको दोस्रो अधिवेशनले पुष्कर प्रसाद धिताल सहितको टिम निर्वाचित भएको हो । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा बिचारी बानिँया, प्रथम उपाध्यक्षमा जनकलाल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा प्रतिमा धिताल, महिला उपाध्यक्षमा कालिमाँया तामाङ र महासचिवमा तारा बहादुर बानिँया निर्वाचित हुनुभएको छ । सल्लाहकार […]

Continue Reading

ईन्द्रावतीमा छैटाैं अधिवेशनकाे दोस्रो गाउँ सभाबाट बजेट तथा कार्यक्रम सर्वसम्मतीले पारीत

“ ईन्द्रावती समृद्धिको आधार, शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार” भन्ने मुल नाराका साथ ईन्द्रावती गाँउपालिकामा दोस्रो गाउँ सभाको बैठकबाट आब २०८१÷२०८२ बजेट तथा कार्यक्रम सर्वसम्मतीले पारीत भएको छ । आज बसेको गाँउसभाको बैटकले सो बजेट पारीत गरेको हो । गत असार १० गते ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागि ८३ करोड ५० […]

Continue Reading

इन्द्रावती गाउँपालिकाले यस वर्ष कुल बजेटको ८२ दशमलव २७ प्रतिशत खर्च गर्यो

रेडियो मिसन ।इन्द्रावती गाउँपालिकाकले यस आर्थिक वर्ष समग्रमा ८२ दशमलव २७ प्रतिशत खर्च गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कुल वार्षिक योजना तथा कार्यक्रम एवं बजेट ८५ करोड १० लाख ९५ हजार रुपैयाँ मध्ये ७० करोड २ लाख ६५ हजार रुपैया खर्च गरेको हो । जसमा पुँजीगत तर्फ २७ करोड ८९ लाख (८५.४९%) […]

Continue Reading

आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न

रेडियो मिसन,आयकर तथा मूल्य अभिबृद्वि कर विवरण सम्बन्धी प्रशिक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाको सहयोग तथा सिन्धुप्रेस मिडिया प्रा. लि.को आयोजनामा शुक्रवार मेलम्चीमा कार्यक्रम भएको हो । कार्यक्रममा मेलम्ची नगरपालिका भित्रका व्यवसायीहरूको सहभागीता रहेको थियो । सिन्धुप्रेस मिडिया प्रा. लिका प्रवन्ध निर्देशक सन्तोष सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको […]

Continue Reading

ईन्द्रावती गाउँपालिकाले ल्यायो ८३ करोड ५० लाखको बजेट

रेडियो मिसन । ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८३ करोड ५० लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ ।आज सोमवार बसेको गाउँसभाको छैठौँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष शोभना तामाङद्वारा प्रस्तुत बजेट बक्तब्यमा आन्तरिक आय २३ करोड ५५ लाख ४७ हजार १ सय ५३ रूपैयाँ, संघिय अनुदान ५० करोड ४६ लाख ९४ हजार ६ सय […]

Continue Reading

यस्ता छन् ईन्द्रावती गाउँपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रमहरू

रेडियो मिसन ।ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ईन्द्रावती गाउँपालिकाको गाउँसभाको छैठौँ अधिवेशनमा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै समृद्ध ईन्द्रावती निर्माणका लागि विभिन्न योजनाहरू अघि सारेका हुन । ईन्द्रावती चक्रपथ निर्माण कार्यको सम्भाव्यता अध्ययन गरी सम्भाव्य रुट यकिन भई संघिय सरकार, प्रदेश सरकार […]

Continue Reading